Widgets

Home » » कृत्रिम कपालमा चिटिक्क सेलिब्रिटी

कृत्रिम कपालमा चिटिक्क सेलिब्रिटी

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कृत्रिम कपालमा चिटिक्क सेलिब्रिटी
सुटिङको एक्सन कट सिद्धिने बित्तिकै अभिनेता आर्यन सिग्देललाई 'विग' निकाल्न हतार हुन्छ । 'विग' अर्थात् नक्कली कपाल। आर्यनको सक्कली कपाल झरिसकेको र बाँकी रहेको पनि साह्रै पातलिएकोले उनी सुटिङको बेला यस्तै नक्कली कपाल भिर्ने गरेका छन्। तर यस्तो कपालले गर्मी तथा असहज महसुस हुने भएकोले आर्यनलाई 'विग' फुकाल्न हतार हुन्छ। 'विग' लगाएपछि उकुसमुकस हुन्छ। कतिबेला निकालौं जस्तो हुन्छ। निकालेपछि बल्ल आराम महसुस हुन्छ,' आर्यन भन्छन्। 'किस्मत' फिल्मबाट ६ वर्षअघि नेपाली फिल्ममा प्रवेश गरेका उनले 'मेरो एउटा साथी छ' बाट 'विग' प्रयोग गर्न सुरु गरेका हुन्। 'निर्देशकले कपाल पातलो भयो भनेपछि सबैको सल्लाह अनुसार 'विग' को प्रयोग थालेको हुँ। सुरुमा रमाइलो लागे पनि आजभोलि झर्को लाग्छ। मैले नलगाए पनि निर्माताले ल्याएर दिने गरेका छन्,' उनले भने। उनले 'विग' लगाउन थालेको चार वर्ष भइसकेको छ। 'किस्मत', 'मौसम', 'हिफाजत' र 'बन्दी' फिल्ममा भने उनले सक्कली कपालमै काम गरेका थिए। 'राम्रो देखिनु पर्ने भएकोले 'विग' लगाएको हुँ। तर सुटिङ र सार्वजनिक कार्यक्रमतिर 'विग' लगाएर हिँड्ने गरेको छैन,' आर्यनले भने। उनले ३५ हजार खर्च गरेर पहिलो 'विग' किनेका थिए। तर त्यसपछि प्रयोग भएका अधिकांश उनले सम्बन्धित फिल्मका निर्माताहरुबाटै माग्ने गरेका छन्। 'अधिंकाशले सुटिङका लागि भनेर नै दिन्छन्। आफ्नै खर्चमा किनेको त एउटा मात्र छ,' उनले भने। आर्यनको झैं अभिनेता जीवन लुइँटेलको कपाल पनि झरेर फिल्ममा देखाउनै नमिल्ने अवस्थामा थियो। कपाल झर्ने समस्याले ग्रसित भएपछि उनले प्रत्यारोपणको बाटो रोजे। अहिले पर्दामा देखिने उनको कपाल पनि प्राकृतिक नभएर प्रत्यारोपित हो। 'अन्दाज' फिल्ममा काम गर्दा तालु देखिने भएपछि कपाल प्रत्यारोपण गरेका हुन्। 'नयाँ लुक्सभन्दा पनि तालु देखिन थालेपछि कपाल प्रत्यारोपण गर्नुपरेको हो। चाँडै कपाल झरेको कारणले तनावमा थिएँ। प्रत्यारोपणले सजिलो भयो,' उनले भने। उनले प्रत्यारोपणको गरेको झन्डै दुई वर्ष भइसकेको छ। तर यसमा पैसा पनि राम्रै खर्च भएको उनको अनुभव छ। उनले कपालको प्रत्यारोपण र स्याहारमा दुई लाख रुपैयाँजति लगानी गरिसकेका छन्। 'प्रत्यारोपणले पनि काम गरेको छ तर अब चाहिँ लुक्स परिवर्तन गर्ने सोचमा छु,' जीवनले भने। सुरुमा उनले ३५ हजार खर्च गरेर कपालको उपचार सुरु गरेका थिए। जीवनले लामो कपालमा देखिने इच्छा भएकोले चाँडै हेयर स्टाइल फेर्ने योजना सुनाए। उनले सिनामंगलस्थित प्रोटिन हेयर डिजाइनमा प्रत्यारोपण गरेका हुन्। जीवनमात्र होइन कपाल झर्ने समस्याले ग्रसित धेरै सेलिब्रेटीहरु प्रोटिन हेयर डिजाइनमा पुग्ने गरेका छन्। ११ वर्षदेखि प्रत्यारोपणको काम गरिरहेको प्रोटिन हेयर डिजाइनका सुन्दर सिंहलाई भेट्न पुग्ने सेलिब्रेटीको सूची निकै लामो छ। हालसम्म उनले कलाकारसहित २५ सयभन्दा बढी व्यक्तिलाई कपाल उमार्न मद्दत गरिसकेका छन्। 'राम्रो देखिनलाई प्रत्यारोपण गर्न आउने धेरै छन्। महँगो भए पनि राम्रो हुन कसलाई मन लाग्दैन र?,' उनले भने। तीन वर्षअघिसम्म कपाल प्रत्यारोपण गरेको १८ देखि २० हजार पर्ने गर्थ्यो। अहिले ३५ हजार रुपैयाँ पुगेको छ। पछिल्लो समय अभिनेता भुवन केसीले समेत कपाल प्रत्यारोपण गरेका छन्। उनले अघिल्लो भागमा कपाल हालेका हुन्। त्यस्तै दमन रुपाखेती, शिवहरि पौडेल र हेमन्त शर्मा लगायतका सेलिब्रेटीले पनि प्रत्यारोपण गरेका छन्। 'नयाँ कपाल प्रयोग गर्ने कुरा बलिउड र हलिउडमा सामान्य भइसकेको छ। नेपालमा यो शैली बिस्तारै विकसित भएकोले सबैजना खुलाउन चाहँदैनन्,' हेयरस्टाइलिस्ट लोकेश थापा मगरले भने। लुक्स परिवर्तनका लागि कपालको शैली बदलिरहन उनले जोड दिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger