Widgets

Home » » अमेरिका छिर्न खोज्ने १० नेपाली मेक्सिकोमा पक्राउ

अमेरिका छिर्न खोज्ने १० नेपाली मेक्सिकोमा पक्राउ

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मेक्सिको सिटी – मेक्सिकोबाट ट्रकमा लुकेर अमेरिका छिर्न खोज्ने १० जना नेपालीलाई त्यहाँको सीमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ९४ अवैध आप्रवासीलाई पक्राउ गर्ने क्रममा अमेरिका छिर्न खोज्ने १० जना नेपाली र ९ बंगलादेशी पक्राउ परेका हुन्। अध्यागमनमा राखिएको स्क्यान मेसिनको सहयोगले उनीहरु ट्रकमा लुकेर बसेको पत्ता लगेपछि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्। पक्राउ पर्नेहरुमा ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरस लगायतका मुलुकका पनि छन्। ट्रकमा निकै अवमानीय अवस्थामा लुकिरहेका बेला उनीहरु पक्राउ परेको अधिकारीहरुले बताए। ट्रकमा अमानवीय र यातनापूर्ण तरिकाले बसेकाले धेरै जसोको हात र खुट्टामा चोट लागेको र श्वासप्रश्वासमा समस्या भएका कारण कतिपय बिरामी अवस्थामा भेटिएको मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्यूटले जनाएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger