Widgets

Home » » ज्ञानेन्द्रको पोल्टामा वैद्य

ज्ञानेन्द्रको पोल्टामा वैद्य

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

ज्ञानेन्द्रको पोल्टामा वैद्य

काठमाडौं -नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले पूर्वराजा ज्ञानेन्द्र शाहसँग कार्यगत एकता गर्न सकिने सार्वजनिक प्रस्तावसँगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ। ६ वर्षअघि राजगद्दीबाट हटाइएका शाहलाई राष्ट्रभक्त भएको मूल्याकंनसहित वैद्य माओवादीले कार्यगत एकताको प्रस्ताव गरेको छ। यो प्रस्तावले कमल थापालगायत 'राजावादी' हौसिएका छन् भने एनेकपा माओवादी तर्सिएको छ। एनेकपा माओवादीले २०६१ को चुनवाङ बैठकअघि जुन राजनीतिक लाइन लिएको थियो, त्यही लाइन अहिले वैद्य माओवादीले लिन लागेको देखेर विभिन्न प्रतिक्रिया व्यक्त गर्न थालेको छ। शक्तिपीठहरूका मठाधीश तथा साधारण जनताले शाहप्रति देखाएको समर्थनले वैद्यलाई आकर्षित गरेको हुन सक्छ। आगामी निर्वाचनमा 'राजावादी' जनमतको फाइदा लिन राष्ट्रियता खतरामा परेको निष्कर्ष निकाल्दै पूर्वराजासँग सहकार्य गर्ने अभिव्यक्ति राखेको छ वैद्य माओवादीले। मंगलबार कार्यकर्ता प्रशिक्षणका लागि नुवाकोट पुगेका वैद्यले भने, 'राष्ट्रियता, स्वाधीनता र स्वाभिमानका लागि हिजोका पञ्चहरूदेखि राजावादी र विभिन्न पार्टीका सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर अघि बढ्छौं।' वैद्य अहिले चार दलप्रति बढी आक्रोशित छन्, राजनीतिक मूलधारसँग सहमत छैनन्। चुनबाङ बैठकअघि पार्टीले जसरी राजासँग मिलेर दलहरूलाई 'माइनस' गर्न सकिने दाउपेचमा थियो, त्यही उपाय अपनाउने धुनमा छन् वैद्य। दलहरूप्रति आक्रोशित वैद्य पूर्वराजावादीसँग साँठगाँठ गर्दा चार दललाई तह लगाउन सकिने निष्कर्षमा पुगेका देखिन्छन्। दोस्रो संविधानसभा चुनाव बिथोल्ने घोषणा गरेका वैद्यको पछिल्लो प्रस्तावको योगफल के हुने, उनी स्वयं अलमलमा देखिन्छन्। पार्टी विभाजनसँगै राष्ट्रिय स्वाधीनताको नारा चर्काएका वैद्य खतरा भारतलाई मात्रै देख्छन्। भारतको खरो विरोध गरेमात्र राष्ट्रभक्त भइन्छ भन्ने कम्युनिस्टहरुको पुरानो 'गाइडलाइन' बाट वैद्य ग्रस्त छन्। भारतको विरोध गरेर चीनसँग लहसिँदा के हुन्छ? यसको जवाफ वैद्यले दिन सकेका छैनन्। संविधानसभाको औचित्य समाप्त भएकाले संविधानसभा बाहिरबाट संविधान निर्माण गर्नुपर्छ भन्ने तर्क वैद्य लाइनको छ। संक्रमणकाल बढ्दै जाने, संविधानसभा चुनाव भाँड्न उनले पूर्वराजाको सहायता खोज्नु सैद्धान्तिक विचलन हो वा नयाँ शक्ति निर्माण, स्वयं अन्योलमा देखिन्छन्। 'राजावादी' अपवित्र हुने र संसदवादी शक्ति ठीक हो भन्ने मानसिकता परिवर्तन गर्नुपर्ने धारणा राख्नुले वैद्यको त्यही निष्कर्षलाई पुष्टि गर्छ। 'राजावादीभन्दा बढी संसदवादी दलहरू बढी भ्रष्ट र राष्ट्रिय स्वाधीनता बेच्न अगाडि रहेका छन्,' राजासँग कार्यगत एकताको औचित्य पुष्टि गर्न वैद्यले तर्क गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र राष्ट्रवादी आन्दोलनमा नागरिकका रूपमा आउँदा कार्यगत एकता गर्नु स्वाभाविक भएको पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले बताए। पूर्वराजासँग तत्कालै कार्यगत एकता गर्दा व्यावहारिक पक्ष कठिन हुने उनले बताए। 'सैद्धान्तिक रूपमा पूर्वराजासँग कार्यगत एकताको विकल्प खुला हो। तत्कालै व्यावहारिक रूपमा भने गाह्रो छ,' कँडेलले भने। 'युद्धकाल' मा पार्टीले अपनाएको कार्यनीति पुनः अपनाउनु गलत भएको एकीकृत माओवादी नेता बाबुराम भट्टराईले बताए। वैद्यले अख्तियार गरेको कार्यनीतिप्रति व्यंग्य गर्दै भट्टराईले भने, 'मान्छेले दाह्री खौरेको देखेर बाँदरले दाह्री खौरन खोज्दा नाक काटिन्छ। अहिले वैद्यजीहरुको त्यस्तै नीति छ।' वैद्यको प्रस्तावलाई पूर्वराजाको विचारलाई पथप्रर्दशक मानेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गर्नुले वैद्य–शाह मिलन नजिकिने देखिन्छ। 'बिपी कोइरालाका छोरा तथा कांग्रेसका नेता सशांक कोइरालाबाट राजतन्त्र अन्त्य दुर्भाग्यपूर्ण भनी आएको अभिव्यक्ति र नेकपा–माओवादीका नेताहरुबाट राष्ट्रियता संरक्षणका लागि राजा र राष्ट्रवादी शक्ति मिल्नुपर्ने कुरा आएका छन्, त्यो सकारात्मक छ,' थापाले राजधानीमा आयोजित एक कार्यक्रममा भने, 'वैद्यजीलाई राष्ट्रियताका निमित्त कुनै पनि पूर्वसर्त नराख्न अनुरोध गर्दछु।' संविधानसभामार्फत नयाँ संविधान बनाउन खोज्ने चार दलको निर्णय र प्रक्रियाप्रति असन्तुष्ट वैद्य पक्ष एकाएक पूर्वराजासँग लहसिनु राजनीतिक वृत्तमा शुभसंकेत होइन। अहिलेको प्रक्रियालाई अस्वीकार गरेका वैद्यले आफ्नो राजनीतिक लक्ष्य प्राप्ति गर्न उल्टो बाटो अर्थात् 'प्रतिक्रान्ति' रोज्नु राजनीतिक बिडम्बनाबाहेक अर्को केही हुन सक्दैन।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger