Widgets

Home » » सर्वोच्चले भन्यो 'विमानस्थलको जिम्मा भारतलाई नदिनु'

सर्वोच्चले भन्यो 'विमानस्थलको जिम्मा भारतलाई नदिनु'

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

suprime court

काठमाडौ, असार २४ - सर्वोच्च अदालतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति भारत सरकारले गर्ने र पशुपतिनगरमा भारतीय अध्यागमनका लागि जाँच केन्द्रसमेत स्थापना गर्ने सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । नेपाल भारतबीचको गृहसचिवस्तरीय बैठकले गत जेठ १८ मा उक्त सहमति गरेको थियो । बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मी सरकार प्रमुख भएपछि उनले गरेको निर्णयविरुद्ध सर्वो च्चले यसरी अन्तरिम जारी गरेको हो यो पहिलो रिट हो । भारतीय विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमण हुने पूर्व सन्ध्यामा अदालतले त्यस्तो आदेश दिएको छ । रेग्मी सरकारले गत जेठमा भारतद्वारा प्रस्तावित दुई स्थानमा अध्यागमन केन्द्र (इमिग्रेशन चेक प्वाइण्ट) स्थापना गर्न सहमति गरेको थियो । त्यसलाई सरकारले सक्दो गोप्य राख्न खोजेको थियो । त्यो बदर गर्न अधिवक्ता तथा सर्वोच्चका पूर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तर्कराज भट्टको एकल इजलाशले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । 'यो रिट निवेदनको अन्तिम किनारा नभएसम्म अध्यागमन प्रणालीलाई आधुनिकिकरण गर्ने र पशुपतिनगरमा भारतीय अध्यागमन चेकपोष्ट स्थापना गर्ने विषयमा कुनै कारबाही नगर्नु नगराउनु' आदेशमा भनिएको छ । भट्टको इजलाशले रिटलाई अग्राधिकार पनि दिएको छ । कुनै पनि रिटले अग्राधिकार पाउनु भनेको यसले उठाएका विषयबस्तुलाई अदालतले संवेदनशील ठानी सुनुवाइका लागि अरुलाई भन्दा पेशीमा पालो पहिलो पाउने अधिकार दिनु हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger