भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, असार २४ - एमाओवादी नेता बाबुराम भट्टराईले मोहन वैद्य समूहको गैर जिम्मेवार अभिव्यक्ति र गतिविधिलाई वहाना बनाएर आगामी मसिंर ४ को दोस्रो संविधानसभा निर्वाचन सार्न वा टार्ने कार्य भए त्यसले प्रतिगमनको आधार तय गर्ने बताएका छन् । उनले हालै इजिप्टमा भएको घट्नाबाट सबैले पाठ सिक्नुपर्ने उल्लेख गरेका छन् । सोमबारदेखि फेसबुकबाट अर्न्तक्रिया थालेका भट्टराईले आफ्नो पेजमा स्टाटस लेख्दै वर्तमान गतिरोधका निम्तिी सबै पक्षले आ-आफ्नो हिस्साको कमिकमजोरी इमानदारी पूर्वक स्विकार गरेर समाधानका लागि साझा समझदारी वा नयाँ सम्झौतामा जोड दिएका छन् । 'वर्तमान नेपालको प्रमुख आवश्यकता देशको विद्यमान राजनीतिक संक्रमणकालको छिटो अन्त्य गरेर देशलाई तीव्र विकास र सम्वृद्धिको दिशामा बढाउने हो', उनले भनेका छन्- 'अब पनि एक अर्कामाथि दोष थुपारेर समय वर्वाद गर्ने हो इतिहासले हामी कसैलाई क्षमा गर्नेछैन ।' उनी लामोसमयपछि फेसबुकमा पुन: फर्किएका हुन् । उनले टि्वटर मार्फत बेला वखत आफ्नो धारणा सार्वजनिक गर्दै आएका थिए । उनले बढ्दो बेरोजगारी र बाध्यात्मक विदेश पलायनलाई अन्त्य गरेर सिर्जनशिल युवाशक्तिलाई सम्वृद्ध नयाँ नेपाल निर्माणको अभियानमा लगाउनु पर्ने आफ्नो स्टाटसमा लेखेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.