Widgets

Home » » अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Gold
काठमाडौ, असार २४ - अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएको भए पनि नेपालमा सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी डलरको नेपाली विनिमयमा आएको परिवर्तनले सुनको मूल्य बढ्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला ४९ हजार १०० कायम गरेको छ । आइतबार प्रतितोला रु ४८ हजार ६०० मूल्य कायम भई कारोबार भएकामा आज सोको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि आएको महासङ्घले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला आज रु ४८ हजार ८५० कायम भई कारोबार भएको छ । सोको मूल्य आइतबार रु ४८ हजार ३५० मा कारोवार भएको थियो । महासङ्घले असली चाँदीको मूल्यमा पनि आइतबारको तुलनामा आज प्रतितोला रु पाँचले वृद्धि भई रु ८०५ कायम भही कारोबार भएको छ । महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आए पनि नेपाली रुपैयाँको अवमूल्यन भई त्यसको अनुपातमा अमेरिकी डलर महङ्गो भएकाले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको बताए । उनले आइतबार प्रतिअमेरिकी डलर बराबर नेपाली रु ९६.७० रहेकामा आज र एक अमेरिकी डलर बराबर नेपाली रु ९८ हुन गएको छ भन्दै अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस आइतबारको तुलनामा ५ अमेरिकी डलरले कम भई आज एक हजार २२० अमेरिकी डलर कायम भएको जानकारी दिए । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger