Widgets

Home » » बेपत्तालाई मृतक घोषणाको माग गर्दै कालिकोट बन्द

बेपत्तालाई मृतक घोषणाको माग गर्दै कालिकोट बन्द

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कालिकोट, असार २४ - कालिकोटको बाढीमा बेपत्ता भएका १२ जनालाई मृतक घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै सोमवार बाढी पीडितले कालिकोट बन्द गरेका छन् । बन्दले सरकारी तथा गैर सरकारी कार्यालय, होटल, पसल, विद्यालय, यातायातका साधन चल्न पाएका छैनन् । असार ३ गते रातिको बाढीले बेपत्ता भएकाहरुको लाश भेटिने सम्भावना नभएकोले मृतक घोषणा गरिनुपर्ने, आश्रति परिवारका बालबालिकाको लालनपालन र शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने, घाइतेको निःशुल्क औषधी उपचार गर्नुपर्ने, बाढीले क्षतिग्रस्त बनाएको विद्युत, भोलुंगे पुल र विद्यालय भवन पुन निर्माण गरिनुपर्ने, बाढीले घर जग्गा बगाएर सुकुम्वासी बनेका परिवारलाई पुर्नवासको ब्यवस्था गर्नुपर्ने माग गर्दै पीडितहरुले जिल्ला बन्दको घोषणा गरेको संर्घष समितिका संयोजक विर्खवहादुर शाहीले बताए । कालिकोटको मेहेलमुडी, मुम्रा र सिप्खाना गाविसको बीचमा पर्ने सान्नीगाड पोतमारा खोलामा आएको बाढी पहिरोले १४ जना बेपत्ता मध्ये ४ जनाको शव भेटिए पनि १० जना अझै हराइरहेका छन् भने थिर्पूस्थित दाम्डीगाड खोलाले बगाएका दुई जना अझै भेटिएका छैनन् । बाढीपहिरोले बगाएकाको लाश भेटिने अवस्था नभएको जनाउँदै सोमवार बेलुकी बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले कालिकोटको बाढी पहिरोमा बेपत्ता भएकालाई मृतक घोषणा गरि दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । निमित्त प्रजिअ यामवहादुर बुढामगरको अध्यक्षतामा बसेको सर्वदलिय सर्वपक्षीय बैठकमा पहिरोसगै आएको बाढीले बगाएकाहरुलाई हालसम्म पनि खोजी गर्दा नभेटएको र भेटिने अवस्था पनि नभएकाले मृतक घोषणाका लागि सरकारसग अनुरोध गर्ने निर्णय भएको काग्रेस सभापति कालिवहादुर सहकारीले बताए । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले बेपत्तालाई मृतक घोषणा गर्न सरकार सग अनुरोध गर्ने निर्णय गरेपछि बनदकर्ताले ३ दिनका लागि आन्दोलन स्थगित गरेको जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger