भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तनहुँ, असार २४ - पोखरावाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुवाहक वस शनिवार मादीनदीको पुलावट खस्दा मृत्यु भएकी एक महिलाको सोमवार सनाखत भएको छ । मृत्यु हुनेमा खोटाङ दवोकोल १ घर भई काठमाडौं चक्रपथमा अस्थायी वसोवास गर्ने २५ वर्षीया दुर्गाकुमारी भुजेल रहेको प्रहरीले जनाएको छ ।
मृतक भुजेलको शव सोमवार नै उनका देवर सितारामको जिम्मा लगाईएको छ । केही दिन अघि पोखरा घुम्न भन्दै भाउजु काठमाडौंवाट हिडेपनि दुर्घटनामा परेको भन्ने नठानेको देवर सितारामले बताए ।
'भाउजु पोखरामा नै हुनु हुन्छ भन्ने ठानेका थियौं,' भाउजुको शव वुझ्न सोमवार दमौली आएका सितारामले भने, 'कान्तिपुर दैनिकमा एक महिलाको सनाखत हुन नसकेको भन्ने पढेपछि शंका लाग्यो । तत्काल पोखरामा रहेका आफन्तसँग वुझ्दा शनिवार नै काठमाडौंतर्फ गई सकेको भन्ने जानकारी पायौं ।'
सितारामले काठमाडौं प्रहरीको सहयोगले दमौलीवाट शवको हुलिया र तस्विर मगाएर हेर्दा आफ्नै भाउजु भन्ने चिनेपछि सवै परिवारमा रुवावासी चलेको वताए । उनले आज नै भाउजु दुर्घटनामा परेको वारे व्यापारको सिलसिलामा वझाङ्गमा रहेका ३७ वषर्ीय दाई पूर्णवहादुरलाई जानकारी गराई सकेको वताए ।
अन्य मृतकको शव आफन्तले जिम्मा लिई सकेका छन् । व्यास ११ की १० वर्षीया वेपत्ता बालिका आयुस्माको खोजी कार्य तिव्र पारिएको प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलले वताए । उनले मादी नदी वढेकाले पनि खोजी कार्यमा कठिनाई भई रहेको जानकारी दिए ।
'हराएकी वालिकाको खोजीमा प्रहरी र यातायात व्यावसायी समेत लाग्नु भएको छ । तर धमिलो र वढेको पानीको वहावले फेला पार्न सकिएको छैन,' प्रजिल खरेलले भने, 'अन्य व्यक्ति वेपत्ता भएका भए आफन्तहरु आउने थिए होलान् । कसैले पनि मानिस हराए भन्ने गुनासो गर्नु भएको छैन ।'
वसको ठक्करले भाँचिएको पुलको फलामे वार पश्चिमाञ्चल सडक विभाग नम्वर १ ले मर्मत गरी सकेको छ । ना ४ ख ४६८४ नम्वरको उक्त वस दुर्घटनामा मृत्यु भएका र घाईतेलाई नेपाली सेना, प्रहरी र स्थानियले वस वाहिर निकालेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.