Widgets

Home » » महिलाको शव सनाखत, बालिका फेला परिनन्

महिलाको शव सनाखत, बालिका फेला परिनन्

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तनहुँ, असार २४ - पोखरावाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुवाहक वस शनिवार मादीनदीको पुलावट खस्दा मृत्यु भएकी एक महिलाको सोमवार सनाखत भएको छ । मृत्यु हुनेमा खोटाङ दवोकोल १ घर भई काठमाडौं चक्रपथमा अस्थायी वसोवास गर्ने २५ वर्षीया दुर्गाकुमारी भुजेल रहेको प्रहरीले जनाएको छ । मृतक भुजेलको शव सोमवार नै उनका देवर सितारामको जिम्मा लगाईएको छ । केही दिन अघि पोखरा घुम्न भन्दै भाउजु काठमाडौंवाट हिडेपनि दुर्घटनामा परेको भन्ने नठानेको देवर सितारामले बताए । 'भाउजु पोखरामा नै हुनु हुन्छ भन्ने ठानेका थियौं,' भाउजुको शव वुझ्न सोमवार दमौली आएका सितारामले भने, 'कान्तिपुर दैनिकमा एक महिलाको सनाखत हुन नसकेको भन्ने पढेपछि शंका लाग्यो । तत्काल पोखरामा रहेका आफन्तसँग वुझ्दा शनिवार नै काठमाडौंतर्फ गई सकेको भन्ने जानकारी पायौं ।' सितारामले काठमाडौं प्रहरीको सहयोगले दमौलीवाट शवको हुलिया र तस्विर मगाएर हेर्दा आफ्नै भाउजु भन्ने चिनेपछि सवै परिवारमा रुवावासी चलेको वताए । उनले आज नै भाउजु दुर्घटनामा परेको वारे व्यापारको सिलसिलामा वझाङ्गमा रहेका ३७ वषर्ीय दाई पूर्णवहादुरलाई जानकारी गराई सकेको वताए । अन्य मृतकको शव आफन्तले जिम्मा लिई सकेका छन् । व्यास ११ की १० वर्षीया वेपत्ता बालिका आयुस्माको खोजी कार्य तिव्र पारिएको प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलले वताए । उनले मादी नदी वढेकाले पनि खोजी कार्यमा कठिनाई भई रहेको जानकारी दिए । 'हराएकी वालिकाको खोजीमा प्रहरी र यातायात व्यावसायी समेत लाग्नु भएको छ । तर धमिलो र वढेको पानीको वहावले फेला पार्न सकिएको छैन,' प्रजिल खरेलले भने, 'अन्य व्यक्ति वेपत्ता भएका भए आफन्तहरु आउने थिए होलान् । कसैले पनि मानिस हराए भन्ने गुनासो गर्नु भएको छैन ।' वसको ठक्करले भाँचिएको पुलको फलामे वार पश्चिमाञ्चल सडक विभाग नम्वर १ ले मर्मत गरी सकेको छ । ना ४ ख ४६८४ नम्वरको उक्त वस दुर्घटनामा मृत्यु भएका र घाईतेलाई नेपाली सेना, प्रहरी र स्थानियले वस वाहिर निकालेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger