भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
धादिङ — छिमेकी महिला र उनको बालक छोरीलाई बन्चरो प्रहार गरी हत्या गरेपछि शवमाथि करणी गर्ने एक अभियुक्तलाई जिल्ला अदालत धादिङले सर्वस्वसहित ३९ वर्षको जेलसजाएँको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश रमेशराज पोख्रेलको इजलासले हदैसम्मको कसुर गरेकोले अपराधको प्रकृति हेरेर फैसला गरेको अदालतले जनाएको छ। ३ वर्षअघि ०६७ असोज ६ गते धादिङको ढोला-२ पोखरीपानीका बैरागी भन्ने सुवास थापामगरले सोही स्थानकी नीरमायाँ पुलामी र उनकै छोरी अनुस्का पुलामीलाई सुतेको ठाउँमा बन्चरोले हानेर हत्या गरी त्यै लासमाथी करणी गरेको स्वीकार गरेका थिए। प्रहरीको अनुसन्धान र अभियुक्तको वयान र प्राप्त प्रमाणहरुको आधारमा जिल्ला न्यायधिस पोख्रेलले प्रतिवादीको कसुरको मात्रालाई हेरेर फैसला गरिएको अदालत स्रोतले बतायो। दुई जनाको हत्या गरेकोमा सर्वश्वसहित जन्म कैद २० वर्ष, एकजना बालिकालाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएकोले थप ज्यान मार्ने उद्योगमा १२ वर्ष, करणी गरेकोमा ७ वर्ष कैद गरी ३९ वर्ष को फैसला र २ लाख रुपैयाँ पीडितका परिवारलाई दिनका लागि क्षतिपूर्ति दिनका लागि प्रतिवादी थापामगरका नाममा आदेश जारी गरिएको छ। यसै गरी छत्रेदेउराली गाविस वडा न.ं ५ की वृद्धा चनमति तामाङलाई हत्या गरी बलात्कार गर्नेहरुलाई जिल्ला अदालतले ३१ वर्षको कैद सजाएँ सुनाएको छ। जिल्ला न्यायाधीश पोख्रेलको इजलासले प्रतिवादी निरज तामाङलाई कर्तव्य ज्यानमा सर्वश्व सहित जन्म कैद (२० वर्ष) जबरजस्ती करणी गरेकोले ७ वर्ष, चोरी समेत गरेकोले १ महिना १५ दिन, जरिवाना बापतको ४ वर्ष कैद गरी ३१ वर्षको जेल सजाएँ सुनाइएको हो। सोही घटनामा संलग्न रामलाल तामाङलाई कर्तव्य ज्यानमा ३ वर्ष ६ महिना, जरिवाना बापतको ४ वर्ष कैद र चोरी गरेकोले १ महिना १५ दिनको लागि कैद गर्न फैसला सुनाएको छ । यो घटनामा पीडित परिवारलाई ५० हजार क्षतिपूर्ति दिनका लागि आदेश गरिएको छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.