भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सेलिब्रेटीहरूको लभअफेयर्स सुरु र ब्रेकअपका घटनाहरू सामान्य बन्दै गएका छन्, त्यसमाथि झन् बलिउड र हलिउड । सहमतिमै छुट्टिनु त ठिकै थियो तर धोका पाएपछि मनभित्रको आघात सहनलाई धेरै गाह्रो पर्छ भन्ने कुरा केही सेलिब्रेटीका हरकत र घटनाक्रमले देखाएका छन् । बलिउड सुन्दरी विपाशा वशुले अघिल्लो वर्ष जोन अब्राहमसँगको १० वर्षे अफेयर्स ब्रेक भएपछि विक्षिप्त भएर फिल्म उद्योगबाटै सन्न्यास लिएझैं गरी तीन/चार महिनासम्म घरमै मात्र बसेर बिताएकी थिइन् । यतिखेर भने हलिउड सुन्दरी जेसिका राइटको ब्रेकअप र उनले धोका पाएपछि लगाउन थालेको 'टि-सर्ट' ले सञ्चारमाध्यममा निकै चर्चा पाएको छ । जेसिकाका ब्वाइफ्रेन्ड रिकी रेमन्टले एक बर्षसम्म रोमान्स गरेपछि हालै उनलाई छाडेका छन् । सम्बन्ध ब्रेकअप हुनुसम्म त ठिकै थियो, तर रिकीले सार्वजनिक रूपमै जेसिकासँगको सम्बन्ध र रोमान्स 'केही समयको मजाक' मात्र भएको टिप्पणी गरेपछि 'धोकेबाज प्रेमी'प्रति जेसिका निकै आक्रोशित भएकी हुन् । मन थाम्न नसकेपछि जेसिकाले आफूले उसलाई 'इग्नोर' गर्न थालेको सन्देश दिने टि-सर्ट पहिरिन थालेकी हुन् । 'अब उसका कललाई उपेक्षा गरिरहेकी छु' भन्ने सन्देश उल्लेख गरिएको टि-सर्ट लगाएर जेसिका हिँड्न थालेकी छन्, जसमा लेखिएको छ, 'जस्ट इग्नोरिङ हिज कल्स' ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.