Widgets

Home » » टेलरले देखाइन् बिकिनी

टेलरले देखाइन् बिकिनी

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Taylor Swift
पश्चिमा संगीत हिजोआज सुन्नेभन्दा हेर्ने बढी हुन थालेको छ । गीत राम्रो बनाउनभन्दा भिडियो क्याची बनाउने ध्याउन्नमा गायक/गायिका नै स्वयं मरिहत्ते गर्छन् । अझ अहिले त राम्रो स्वर भएर मात्रै चल्न गाह्रो छ, स्टेजमा राम्रो पर्फमर र शरीर पनि उत्तिकै आकर्षक हुनुपर्छ सिंगरको । वेस्टर्न सिंगरहरू आफ्ना म्युजिक भिडियोलाई रातारात हिट बनाउन अनेकन हर्कत गर्न पछि पर्दैनन् । युवतीको त कुरै छोडौं, केही अघि गायक जस्टिन बिबर समेत आफ्नो म्युजिक भिडियोमा टपलेस बनेर देखा परे । टपलेस बन्ने वा उत्तेजक हाउभाउ पस्केर भिडियोलाई सनसनी बनाउनेमा गायिका अघि नै छन् । तर पनि गायिका टेलर स्वीफ्टले पनि आफ्नो शालीन छविलाई कायम राखिरहेकी थिइन् । सुन्दर मुहारकी धनी उनी भिडियोमा पनि उत्तेजक रूपमा प्रस्तुत हुँदैनथिन् । तर पनि उनका गीत र भिडियोले दर्शक/श्रोतालाई मनोरञ्जन दिएका हुन्थे । हरेक नयाँ गीत निकाल्दा बिलबोर्डको एक नम्बरमा पर्नेमा टेलर पनि एक हुन् । तर अब २३ वषर्ीया गायिका बोल्ड देखिन थालेकी छन् । पछिल्लो एल्बम 'रेड' को वल्र्ड टुरमा निस्किएकी टेलरका यतिबेला रेड बिकिनी फोटोहरूले चर्चा पाइरहेका छन् । परिवारसँगै सामुदि्रक तटमा छुट्टी मनाइरहेकी उनले फोटोहरू आफ्नै ब्लगमार्फत सार्वजनिक गरेकी हुन् । उनले साथी र बाबुसँग दिएका छुट्टाछुट्टै पोजका तस्बिर पोस्ट गरेपछि आफूले उक्त क्षण स्वतन्त्र महसुस गरेको उल्लेख गर्दै 'रेड टुरमा रेड डे्रस' लगाएको लेखेकी छन् । यतिबेला उनको पछिल्लो एल्बमका 'वी आर नेभर इभर...' र 'आई न्यु यू वेयर...' विश्वव्यापी रूपमा हिट भइसकेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger