भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पश्चिमा संगीत हिजोआज सुन्नेभन्दा हेर्ने बढी हुन थालेको छ । गीत राम्रो बनाउनभन्दा भिडियो क्याची बनाउने ध्याउन्नमा गायक/गायिका नै स्वयं मरिहत्ते गर्छन् । अझ अहिले त राम्रो स्वर भएर मात्रै चल्न गाह्रो छ, स्टेजमा राम्रो पर्फमर र शरीर पनि उत्तिकै आकर्षक हुनुपर्छ सिंगरको । वेस्टर्न सिंगरहरू आफ्ना म्युजिक भिडियोलाई रातारात हिट बनाउन अनेकन हर्कत गर्न पछि पर्दैनन् । युवतीको त कुरै छोडौं, केही अघि गायक जस्टिन बिबर समेत आफ्नो म्युजिक भिडियोमा टपलेस बनेर देखा परे । टपलेस बन्ने वा उत्तेजक हाउभाउ पस्केर भिडियोलाई सनसनी बनाउनेमा गायिका अघि नै छन् । तर पनि गायिका टेलर स्वीफ्टले पनि आफ्नो शालीन छविलाई कायम राखिरहेकी थिइन् । सुन्दर मुहारकी धनी उनी भिडियोमा पनि उत्तेजक रूपमा प्रस्तुत हुँदैनथिन् । तर पनि उनका गीत र भिडियोले दर्शक/श्रोतालाई मनोरञ्जन दिएका हुन्थे । हरेक नयाँ गीत निकाल्दा बिलबोर्डको एक नम्बरमा पर्नेमा टेलर पनि एक हुन् । तर अब २३ वषर्ीया गायिका बोल्ड देखिन थालेकी छन् । पछिल्लो एल्बम 'रेड' को वल्र्ड टुरमा निस्किएकी टेलरका यतिबेला रेड बिकिनी फोटोहरूले चर्चा पाइरहेका छन् । परिवारसँगै सामुदि्रक तटमा छुट्टी मनाइरहेकी उनले फोटोहरू आफ्नै ब्लगमार्फत सार्वजनिक गरेकी हुन् । उनले साथी र बाबुसँग दिएका छुट्टाछुट्टै पोजका तस्बिर पोस्ट गरेपछि आफूले उक्त क्षण स्वतन्त्र महसुस गरेको उल्लेख गर्दै 'रेड टुरमा रेड डे्रस' लगाएको लेखेकी छन् । यतिबेला उनको पछिल्लो एल्बमका 'वी आर नेभर इभर...' र 'आई न्यु यू वेयर...' विश्वव्यापी रूपमा हिट भइसकेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.