Widgets

Home » » आँखा सुक्खा हुन नदिन ‘बीस–बीस–बीस’ सूत्र

आँखा सुक्खा हुन नदिन ‘बीस–बीस–बीस’ सूत्र

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Eye
 तपाई धेरै समय कम्युटर वा अन्य कुनै चम्किलो प्रकाश भएको यन्त्र अगाडि बसेर एकोहोरो काम गर्नुहुन्छ ? हो भने तपाईको आँखा सुक्खा हुने जोखिम धेरै हुन्छ । यसैले तपाई आँखा सुक्खा हुन नदिन ‘बीस–बीस–बीस’ सूत्र अपनाउनुहोस् । धेरै बेर बसेर काम गर्नुपर्दा आँखाले कम्प्युटरको स्क्रिन वा चम्किलो यन्त्र अगाडि हेर्नुपर्ने हुन्छ । धेरै लामो समय हेर्दा आँखाको परेला पनि धेरैबेर खोल्नुपर्ने हुन्छ । यसैले आँखाको आफ्नो नियमित गतिमा अवरोध हुन्छ र आँखा रसाउन पाउँदैन । जसले गर्दा आँखा सुक्खा हुँदै जान्छ । विराटनगर गोल्छा आँखा अस्पतालका आँखा विशेषज्ञ डा ज्योति लामिछानेका अनुसार आँखामा आँशुको मात्रा कम भएर लाग्ने यो रोगलाई ‘कम्प्युटर सिन्ड्रोम’ भनिन्छ । समयमै ध्यान दिएन भने यो रोग बढ्दै जान्छ र अन्त्यमा मानिस दृष्टिविहीन हुने जोखिम धेरै हुन्छ । सबैभन्दा राम्रो उपाय भनेको आँखा सुक्खा भएको महसुस भयो भने नेत्र चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । तर पनि यो रोग लाग्न नदिन आफैँले पनि केही सावधानी अपनाउन सकिन्छ । जस्तो सबैभन्दा पहिले आफैँले आफ्नो कम्प्युटर आफ्नो आँखाले तल हेर्नेगरी सेट गर्नुपर्छ । कम्प्युटरको मनिटर आँखाको दृष्टिविन्दुभन्दा उचाइमा भए आँखाको परेला बढी उघारेर हेर्नुपर्ने भएकाले आँखाको पर्दामा आँसु झर्ने क्रम घट्न सक्छ । धेरैबेर आँखा तन्काएर एकोहोरो हेर्दा आँखाको परेला झिम्कने क्रम कम हुन्छ र आँखामा आँसु रसाउने काम पनि घट्दै जान्छ । जति आँखाको रेटिना (पर्दा) मा आँसु फैलने क्रम कम हुन्छ उति नै आँखा सुक्खा हुन पुग्छ । आँखा सुक्खा भएमा आँखा चिलाउने र टाढा हेर्दा टटाउने हुन्छ । ‘कम्प्युटर सिन्ड्रोम’ रोग लाग्न नदिन हरेक २० मिनेट कम्प्युटरमा काम गरिसकेपछि २० मिटर टाढा हेरेर २० पटक आँखा झिम्क्याउनु पर्दछ । यसो गर्दा आँखाको परेलाले व्यायाम गर्ने अवसर पाउँछ । आँखाको परेला झिम्किएन भने आँखामा आँसु उत्पादन हुने क्रम घट्छ । यसैले यति कुरा विचार गरियो भने आँखालाई तत्काल सुक्खा हुनबाट जोगाउन सकिन्छ । आँखा विशेषज्ञहरुका अनुसार आँखाले घामको प्रकाशमा सोझै हेर्दा, कृत्रिम यन्त्रको अधिक प्रयोग, वायु प्रदूषण, धूमपान, मद्यपान, लामो समयको अव्यवस्थित अध्ययन, आँखामा कमसल लेन्सको प्रयोग र औषधिको जथाभावी प्रयोग आदि विभिन्न कारणहरुले गर्दा आँखा सुक्खा हुने गर्दछ । आजकल प्रविधिको प्रयोग बढ्दो छ । प्रायः कार्यालयमा काम गर्दा हामी धेरैले आधुनिक यन्त्रहरुको प्रयोग गर्छौं जसमा धेरैले प्रयोग गर्ने यन्त्र कम्प्युटर नै हो । यसैले तत्कालीन जोखिमबाट जोगिन ‘बीस–बीस–बीस’ सूत्र उपयोगी हुन सक्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger