भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, असार २५ - अञ्चल यातायात कार्यालय वीरगन्जमा दिनहुँ ५० जनाभन्दा बढीले सोध्छन्, 'लाइसेन्सको ट्रायल कहिले खुल्छ ?' सम्बन्धित शाखाका कर्मचारी जवाफ दिन्छन्, 'छिट्टै ।' वीरगन्ज मात्रै होइन वाग्मतीबाहेकका १२ अञ्चलमा तीन महिनादेखि ट्रायल बन्द छ । सरकारले अंग्रजी आठ आकारको नयाँ ट्रायलको व्यवस्था गरेपछि अन्यत्र बन्द गरेको हो । सवारी र ट्रफिक ज्ञानको प्रभावकारिता बढाउन वैशाख ८ देखि यातायात विभागले नयाँ मापदण्ड लागू गरेको हो । वैशाख १ देखि पुरानो व्यवस्थाको ट्रायल बन्द गरिएको थियो । लाइसेन्स परीक्षाको आवेदन चैत २६ देखि नै रोकिएको थियो । नयाँ व्यवस्थाको ट्रायल काठमाडौंमा मात्रै हुने भएपछि यसैका लागि सर्वसाधारण राजधानी आउन बाध्य छन् । 'यहीं ट्रायल कहिले सुरु हुन्छ, सोध्न आउनेको चाप छ,' नारायणी यातायात कार्यालय वीरगन्जका प्रमुख चन्द्र फुयालले भने । काठमाडौंमा मोटरसाइकलको दैनिक डेढ सय र चार पाङ्ग्रेको ७० जना जतिले ट्रायल दिने गरेका छन् । नयाँ व्यवस्था भएयता दुई पाङ्ग्रेको ६ हजार र चार पाङ्ग्रेको २ हजार जनाभन्दा बढीले ट्रायल दिएका छन् । विभागले १२ अञ्चलमा ट्रायलको ठाउँसमेत खोज्न सकेको छैन । कणर्ालीबाहेक अन्यत्र यातायात कार्यालय छन् । सरकारले सवारी चलाउने इजाजत प्रमाणपत्र लिने अधिकारबाट सर्वसाधारणलाई बञ्चित गरेको आरोप सेवाग्राहीको छ । 'ट्रायल गर्ने ठाउँ नपाउनु र बजेट नभएर रोकिएको कुरा सर्वसाधारणले बुझ्दैनन्,' विभागका एक निर्देशकले भने, 'काठमाडौंमा हुने अन्य अञ्चलमा किन ढिलाइ भन्ने मात्रै सर्वसाधारणको बुझाइ छ ।' विभागका प्रवक्ता देवीराम भण्डारीले दसैंअघिसम्म सबै अञ्चलमा नयाँ व्यवस्थाको ट्रायल सुरु हुने बताए । उनका अनुसार सम्बन्धित कार्यालयलाई ट्रायललाई आवश्यक जग्गा खोज्न परिपत्र भइसकेको छ । आवश्यक रकमका लागि अर्थ मन्त्रालयले सहमति दिइसकेको जानकारी भण्डारीले दिए । अर्थको सहमतिलगत्तै विभागले अञ्चल कार्यालयलहरूलाई असार १० मा पत्राचार गरी ट्रायल स्थल निर्माण गर्न निर्देशन दिएको हो । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको पहिलो चौमासिकमा खर्चको भुक्तानी दिने सहमति दिएको छ । जग्गा भाडामा लिँदा वाषिर्क एक लाखभन्दा बढी हुन नहुने, १० वर्षका लागि लिनुपर्नेलगायत सर्त छन् । चार र दुई पाङ्ग्रेको ट्रायलस्थल निर्माण गर्न बढीमा १५ लाखसम्म मात्रै खर्चने अधिकार दिइएको जानकारी भण्डारीले दिए । ट्रायलस्थलमा आवश्यक सीसी क्यामरा, ट्राफिक लाइट विभागले नै उपलब्ध गराउने भएको छ । पुरानो शैलीको दुई पाङ्ग्रेले डन्डी छलाउने र चार पाङ्ग्रे 'टी सेप' कटाउने विधि बदलिएको हो । ५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अंग्रेजी अंक 'आठ' आकारमा घुमाउनुपर्ने हुन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.