Widgets

Home » » बाढीपिडीतलाई गैरआवासीय नेपालीको ५० लाख सहयोग

बाढीपिडीतलाई गैरआवासीय नेपालीको ५० लाख सहयोग

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२ साउन, काठमाडौं । बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले नेपालका बाढिपिडीतहरुका लागि एकमुष्ठ ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा बुधबार सिंहदरवार पुगेको एनआरएन टोलीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ५० लाखको चेक हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मार्फत् पिडीत परिवारसमक्ष पुग्ने छ ।
NRN-help-handover
सो अबसरमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले बिदेश बस्ने नेपालीहरुले नेपालमा पिडा रहेका नेपालीहरुका लागि गरेको हातेमालोप्रति धन्यबाद दिनुभयो ।
गैरआवासीय नेपाली संघको गत जुन २१ देखि २३ तारिखमा सम्पन्न युरोप क्षेत्रीय सम्मेलनका दौरान एनआएरनले सहयोग संकलन अभियान थालेको थियो । सोही आह्वानअनुसार बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले संकलन गरेको रकमको पहिलो किस्ता राहत कोषलाई हस्तान्तरण गरिएको गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानाले जानकारी दिनुभयो । सहयोग जम्मा हुने क्रम जारी रहकाले अर्को किस्ता फेरी बुझाइने उहाँले जानकारी दिनुभयो ।
भेटका अबसरमा एनआरएन अध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरुलाई मतदानको अधिकार, गैरआवासीय नेपाली संघको दर्ता र गैरआवासीय नेपाली संघको आगामी अक्टुवर महिनामा काठमाण्डौमा हुने सम्मेलनबारे रेग्मीलाई जानकारी गराउनुभएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger