Widgets

Home » » नेपालमा लगानी गर्ने १० विदेशीलाई पाँचवर्षे भिषा २३ सय विदेशी नेपाल भित्रिए, वर्षमा १४ अर्ब विदेशी लगानी

नेपालमा लगानी गर्ने १० विदेशीलाई पाँचवर्षे भिषा २३ सय विदेशी नेपाल भित्रिए, वर्षमा १४ अर्ब विदेशी लगानी

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नविन अर्याल २ असार, काठमाडौं । सरकारले भारतसँग बिप्पा सम्झौता गरेर आर्थिक वर्ष ०६९/०७० लाई लगानी वर्ष घोषणा गरे पनि प्रयाप्त विदेशी लगानी भित्रिन सकेन । उक्त अवधिमा ३ सय १२ विदेशी उद्योगले १४ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ लगानी गर्ने उद्योग विभागबाट स्वीकृति लिएका छन् । यो वर्ष ९ सय ८२ उद्योगहरुको सिफारिसमा २३ सय ७३ विदेशीले व्यवसायिक भिषा लिएका छन् । आव ०६९/०७० को पहिलो महिना गत साउनमा २५ वटा उद्योगले ७ करोड ६२ लाख ३० हजार रुपैयाँ लगानी गर्न स्वीकृति लिएका थिए । त्यस्तै, भदौमा २९ वटा उद्योगले ११ करोड ९१ लाख ४० हजार, असोज महिनामा ४३ उद्योगले २४ करोड ९० लाख ७० हजार लगानीका लागि नेपाल सरकारसँग स्वीकृति लिएको उद्योग विभागको तथ्यांकले देखाएको छ । त्यसैगरी, गत साल कार्त्तिकमा १४ वटा उद्योगले ७५ करोड २३ लाख रुपैयाँ मंसिरमा १३ वटा उद्योगले ९ करोड ३० लाख लागनी गर्ने स्वीकृति लिएका छन् । त्यस्तै पुसमा २६ उद्योगले २५ करोड ८ लाख ८० हजार रुपैयाँ लगानीको स्वीकृति लिएका छन् भने माघमा २० उद्योगले ८६ हजार २५ लाख लागनीको स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी गत फागुनमा ११ वटा उद्योगले ७ करोड ९ लाख ५० हजार र चैतमा २८ उद्योगले ६ अर्ब ५ करोड ८९ लाख लगानीका लागि अनुमति लिएका छन् । गत बैशाखमा ३४ उद्योगले ३ अर्ब ५४ करोड ७२ लाख ५० हजार, जेठमा ४३ उद्योगले १ अर्ब ५४ करोड ३६ लाख १० हजार र असार महिनामा २६ वटा उद्योगले ७ करोड ४५ लाख ७ हजार रुपैयाँ विदेशी लगानी गर्ने स्वीकृति लिएको उद्योग विभागले जनाएको छ । उद्योग विभागमा दर्ता भएका ३ सय १२ विदेशी उद्योगको कुल पुँजी २१ अर्ब ८९ करोड ८ हजार रुपैयाँ रहेको छ । विदेशी लगानीकर्ताबाट सञ्चालित भए पनि स्वदेशी लगानीकर्ताको ७ अर्ब ५२ करोड ११ लाख ८० हजार रुपैयाँ लगानी रहने छ । त्यस्तै, उद्योगहरुको चालु पुँजी ५२ अर्ब ९६ करोड ६८ लाख ८० हजार रुपैयाँ रहेको छ भने स्थिर पुँजी २८ अर्ब १४ करोड २२ लाख ६० हजार रुपैयाँ रहेको छ । १८ हजारलाई रोजगारी दर्ता भएका विदेशी उद्योगहरुले १८ हजार १ सय ७४ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । सफ्टवेयर, रेष्टुरेन्ट, अर्गानिक उत्पादन, फ्रुट्स एण्ड भेजिटेबल, भाषा प्रशिक्षण, होटल, कार्गो, जलविद्युत, वैकल्पिक उर्जा, भोकशनल ट्रेनिङ, सिमेन्ट उद्योग, मेडिकल कलेज लगायतका क्षेत्रमा विदेशी लगानी भित्र्याउन स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ । हजारौं विदेशीलाई भिषा सिफारिस गत आर्थिक वर्षमा उद्योग विभागमा गैरपर्यटक भिषा सिफारिस गर्ने उद्योग संख्या ६४ रहेको छ भने गैर पर्यटक भिषा सिफारिस गरिएका व्यक्तिको संख्या २ सय ३५ रहेको छ । उद्योग विभागका अनुसार व्यवसायिक भिषा सिफारिस उद्योग संख्या ९ सय ८२ रहेको छ भने व्यवसायिक भिषा सिफारिस व्यक्तिको संख्या २ हजार ३ सय ७३ रहेको छ । विभागले अहिलेसम्म ७ वटा उद्योगमा १० जनालाई मात्र ५ वर्षे व्यवसायिक भिषा सिफारिस गरेको जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger