Widgets

Home » » स्कुलको खानाले २१ को मृत्यु

स्कुलको खानाले २१ को मृत्यु

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

India

बिहार (भारत), श्रावण २ - बिद्यालयमा खुवाइएको बिषाक्त खानाका कारण भारतको बिहारमा २१ बिद्यार्थीको मृत्यु भएको छ । खानाका कारण अन्य दर्जनों बिरामी भएको समाचारमा जनाइएको छ । मृतक र बिरामी सबै बिद्यार्थीहरु १२ बर्ष भन्दा कम उमेरका हुन् । बिहार राज्यको सरन जिल्लाको मसरखस्थित एक सरकारी बिद्यालयमा मंगलबार यस्तो घटना भएको हो । घटनाबारे अनुसन्धान सुरु गरिएको भारतीय अधिकारीले जनाएका छन् । मृतक परिवारलाई २ लाख क्षतिपूर्ति दिइने भारतीय अधिकारीलाई उदृत गर्दै बीबीसीले लेखेको छ । भारतमा बिभिन्न स्थानमा बिद्यार्थीलाई बिद्यालयमा नियमित उपस्थित गराउन दिवा खानाको व्यबस्था गरिएको छ । तर, प्राय स्थानमा सरसफाईको कमी छ । घटनापछि घाइते २८ बिद्यार्थीलाई पटना र छाप्रास्थित अस्पतालमा भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्सकले फुड प्वाइजनिङ भएको बताएका छन् । बिहारका मुख्यमन्त्री नितिशकुमार घटनालगत्तै आपतकालिन बैठक ठाकेर बिशेषज्ञ टोलीलाई घटनातर्फ जाने निर्देशन दिएका छन् । गाउालेका अनुसार बिषाक्त खाना कारण पहिले पनि त्यस क्षेत्रमा स्कुले बालबालिका बिरामी हुने गरेका थिए । भारतले लागू गरेको बिद्यालयमा दिवा खाना कार्यक्रम विश्वकै सबैभन्दा ठूलो बिद्यालय पोषण कार्यक्रम हो । गरिब र पिछडिएका बालबालिकालाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger