Widgets

Home » » रोजगारीकालागि हिँडेका दुई जना बेपत्ता

रोजगारीकालागि हिँडेका दुई जना बेपत्ता

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

birbhadur

नयाँ दिल्ली, श्रावण २ - बाँके जिल्लाबाट रोजगारीकालागि गुजरातको सुरत हिंडेका दुई चिनारु दुई सातादेखि बेपत्ता रहेको भन्दै एक जिल्लाबासी दिल्लीस्थित दुतावासमा खोजबिनको आग्रह गर्न आइपुगेका छन् । बाँकेस्थित बागेश्वरी गाविसका पूर्व अध्यक्ष खड्गबहादुर कामीका अनुसार आफ्नै गाउँका ६२ वर्षीय वीरबहादुर कुमाल र १७ वर्षीय कमल रैदास कामको खोजीमा असार १५ मा निजामुद्धिन रेल्वे स्टेशनबाट छुटेका हुन् । कामीका छोरा फत्तेसिंहले सुरतमा खोलेको चाइनिज खानेकुरा बेच्ने ठेलागाडीमा काम गर्न हिँडेका यी दुई जनता एक्सप्रेसमा चढेको तर, अझै सम्पर्कहीन रहेको विवरण टिपाएका छन् । ‘म यी दुईलाई खोज्दै यहाँका रेल्वे स्टेशनहरुमा पुगिसकें, तर कतै भेटेको छैन,’खड्गबहादुरले भने,‘अब सुरत हुँदै मुम्बइसम्म पुग्नेछु, दुतावासले पनि खोजबिनकालागि सहयोग गरिदेला कि भनेर यहाँ आएको हुँ ।’ खड्गबहादुर सम्पर्कहीन वीरबहादुर र कमलको तस्बिर साथैमा राखेर खोजबीनमा निस्केका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger