Widgets

Home » » गणेश लामा न्यायिक हिरासतमा

गणेश लामा न्यायिक हिरासतमा

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Ganesh Lama

काठमाडौं, श्रावण २ - गुन्डागर्दीबाट अवैद्य सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरिएका डन गणेश लामालाई न्यायिक हिरासतमा राखिएको छ । विशेष अदालतमा थुनछेक बहस नसकिएपछि लामालाई न्यायिक हिरासतमा राखिएको हो । ३५ दिने म्याद गुज्रेपछि अदालत उपस्थित भएका उनको सुनुवाई नसकिएपछि हिरासत पठाइएको हो । अदालत खुल्नेवित्तिकै परिवारसहित अदालत उपस्थित भएका लामाले आफ्नो सम्पत्ति अवैद्य नभएको दाबी गर्दै कम्पनीबाट जोडेको बताएका छन् । लामाको आफ्नै निर्माण कम्पनी छ । गुन्डागर्दीबाटै ठूलो परिमाणमा अवैध सम्पत्ति जोडेका लामासहित पाँच गुन्डा नाइकेविरुद्ध जेठ पहिलो सातो विशेष अदालतमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा दायर भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा विभागले मुद्दा दायर गरेका गुन्डा नाइकेहरूमा गणेश लामा, दीपक मनाङे भनिने राजीव गुरुङ, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ र अभिषेक गिरी छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger