Widgets

Home » » बिग्रेको जहाज हेर्न ५० जना कर्मचारी

बिग्रेको जहाज हेर्न ५० जना कर्मचारी

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० साउन, काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सिंगापुरमा मर्मत भइरहेको एउटा जहाज लिन जाने ‘निहुँ’ मा ५० जनाजति कर्मचारीले विदेश शयर गरेका छन् । ती कर्मचारीको विदेश शयरका लागि निगम व्यवस्थापनले झन्डै ५० लाख रुपैयाँ बेहोर्नुपरेको छ । जहाज लिन जाने भनेर काठमाण्डौं-सिंगापुर ओहोरदोहोर गर्ने ती कर्मचारीले अहिलेसम्म जहाज भने ल्याउन नसकेको नागरिक दैनिकमा खबर छ । ‘यसरी गएका कर्मचारीको काम मजाले विदेश घुम्ने र भत्ता पचाउनेमात्र हो,’ निगमका एक अधिकारीले बुधबार भने, ‘नत्र एउटा जहाज लान र ल्याउन त्यत्रो लावालश्कर किन जानुपर्‍यो ? यो पनि अनियमितताको गतिलो उदाहरण हो ।’ जहाज अभावमा पर्याप्त आम्दानी गर्न नसकेको निगमका लागि यस्तै ‘अनियमितता’ र फजुल खर्चले पनि थिलथिलो पार्दै आएको सम्बद्ध अधिकारीले बताएका छन् । मर्मत गरेपछि जहाज लिन चालक दल र इन्जिनियरमात्र गए पुग्ने भएपनि बर्षौदेखि हुलका हुल कर्मचारी जाने गरेको ती अधिकारीले बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger