Widgets

Home » » कोरिया जाने १८ हजार पुगे, कुबेतले नेपाली कामदारलाई प्राथमिकता दिने

कोरिया जाने १८ हजार पुगे, कुबेतले नेपाली कामदारलाई प्राथमिकता दिने

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० साउन, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षा उर्त्तीण गरी रोजगारीका लागि दक्षिण कोरिया जानेको संख्या करिब १८ हजार पुगेको छ । सन् २००७ मा दुई मुलुकबीच ईपीएसअन्तर्गत कामदार लिने सम्झौता भएपछि अहिलेसम्म रोजगराीमा जानेको संख्या १८ हजार पुगेको हो । सम्झौतापछि सन् २००८ मा पहिलो पटक भाषा परीक्षा भउको थियो । त्यसपछि भएको सन् २०१० र २०११ को भाषा परीक्षामा उत्तीर्णसहित अहिलेसम्म १७ हजार ९ सय ३ जना रोजगारीका लागि कोरिया पुगेको ईपीएसले जनाएको छ । अहिलेसम्म उर्त्तीणमध्ये १९ हजार ७ सय ३९ जनाको श्रम करार (लेभर कन्ट्रयाक) आएको राजधानी दैनिकमा खबर छ । कुबेतले नेपाली कामदारलाई प्राथमिकता दिने कुवेतले आगमी १० बर्षभित्र १० लाख नेपाली कामदारलाई रोजगारी दिने भएको छ । कुवेतस्थित रोजगारदाता कम्पनीले नेपाली कामदारलाई रोजगारीमा बढी प्राथमिता दिने र कन्ट्रक्सन क्षेत्रमा कामदारको माग बढाएर १० लाख पुर्‍याउने जनाएका हुन् । नेपाली कामदारको प्रमुख गन्तव्य अहिले मलेसिया, कतार, साउदी र यूएई मात्र भइरहेको समयमा कुबेतले समेत थप रोजगारीको अवसर नेपालीलाई दिने जनाएको हो । यसले केही बर्षभित्रै आकर्षक पारिश्रमिक र सेवा सुविधामा नेपाल्ी कामदारको माग बढाउने जनाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger