Widgets

Home » » नेपाली चेली अफ्रिकामा ‘मुजुरा नाच्दै’, एक वर्षमा ६ सय ८८ हराए

नेपाली चेली अफ्रिकामा ‘मुजुरा नाच्दै’, एक वर्षमा ६ सय ८८ हराए

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१० साउन, काठमाण्डौं । अमेरिका र युरोप लैजाने सपना देखाउँदै अफि्रकालाई मानव तस्करीको ‘ट्रान्जिट’ बनाइरहेको गिरोहले ‘मुजुरा नाच’ देखाउन भन्दै अफि्रकी मुलुकहरुमा नेपाली चेली ओसार्ने क्रम बढेको छ । नेपालीका लागि ‘अनराइभल भिसा’ दिइने अफि्रकाका केन्या र तान्जानियामा त्यसरी ल्याइएका युवती नक्कली कागजात, ‘ओभर स्टे’ र भिसाबिहीन हुँदा जेलसम्म पुग्ने गरेका छन् । ‘केन्याको पार्कलेन भन्ने ठाउँमा डान्स रेस्टुराँमा मुजुरा नाच्ने १४ नेपाली युवतीलाई कागजातहीन अवस्थामा जेल हालिएको थाहा भयो,’ केन्यास्थित गैरआवासीय नेपाली संघ प्रतिनिधि कुलबहादुर कार्कीले भने, ‘भारतीय मूलका केन्याली रेस्टुराँ मालिकले जनही अढाई लाख रुपैयाँ धरौटी राखेपछि ती युवती जेलबाट बाहिर आएका छन् । तर काम गर्ने अनुमतिपत्र (वर्क पर्मिट) तत्काल नबनेमा उनीहरु फेरि जेल जाने अवस्था छ ।’ कार्कीसहित हालै केन्यामा नियुक्त अवैतनिक नेपाली काउन्सेलर जिम्मी आस्करले उनीहरुलाई निकाल्न पहल गरेका थिए । केन्याको सीमावर्ती मुलुक तान्जानियमाका डान्स रेस्टुराँमा समेत नेपाली नर्तकीको संख्या बढेको गैरआवासीय नेपाली संघका प्रतिनिधि भरत रिजालले बताएको कान्तिपुर दैनिकमा खबर छ । एक बर्षमा ६ सय ८८ चेली हराए सुदूर र मध्यपश्चिमबाट एक वर्षमा ६ सय ८८ चेली हराएका छन् । आव ०६९/७० मा यी क्षेत्रबाट ६ सय ८८ महिला हराएको भन्दै खोजीका लागि माइती नेपालका नेपालगञ्ज, धनगढी र कञ्चनपुरस्थित कार्यालयमा निवेदन परेका छन् । सुदूरभन्दा मध्यपश्चिमबाट बढी महिला बेपत्ता भएको बिहीबार प्रकाशित कारोबार दैनिकमा खबर छ । चेलिबेटी बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालको नेपालगञ्ज कार्यालयमा मात्रै ४ सय ८७ महिला खोजिदिन निवेदन दिइएको छ । तीमध्ये ४२ जनामात्रै फेला परेका छन् । गत आवमा ३ सय ३२ र अघिल्लो बर्ष २ सय ९५ जनाले खोजीका लागि निवेदन दिएको कायाएलय प्रमुख केशव कोइरालाले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger