Widgets

Home » » अब कैदी जेलबाहिर, जागिर खाँदै परिवारसँग बस्न पाउने

अब कैदी जेलबाहिर, जागिर खाँदै परिवारसँग बस्न पाउने

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० साउन, काठमाण्डौं । राम्रो आचरण भएका कैदीले जेलबाहिर गएर जागिर खान पाउने र परिवारसँगै जेलमा बस्न पाउने गरी खुला कारागार अवधारणा लागू हुने भएको छ । यो अवधारणा यसैबर्षदेखि लागू गर्न लागिएको हो । पाँच बर्षभन्दा लामो प्रयासपछि सरकारले यस वर्ष खुला कारागार निर्माणका लागि बजेट छुट्टयाएसँगै सरकारले सुधि्रएका कैदीलाई निगरानीमा राखेर स्वतन्त्रता दिन लागेको नयाँ पत्रिका दैनिकमा खबर छ । बजेट आएसँगै ५/६ महिनाभित्रै खुला कारारगार सञ्चालनमा ल्याइने कारारगार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले बताए । तीन सयजना राख्न सकिने गरी सरकारले यसअघि नै खुला कारागार निर्माण प्रक्रिया अघि बढाइसकेको छ । बाँकेको गनाहपुर गाविसमा खुला कारागार निर्माणका लागि विभागले जग्गा समेत तय गरेको छ। ‘खुला कारारगारमा कैदीहरु परिवारसहित बस्न पाउनेछन्,’ विभागका महानिर्देशक कोइराला भन्छन्, ‘तर उनीहरुले अन्य कैदीले जस्तो राज्यबाट पाउने सुविधा पाउँदैनन् । आफै काम गर्नुपर्ने हुन्छ ।’ खुला कारागारमा दिनभर जेलबाहिर गएर बस्न सक्छन भने साँझ जेलमै र्फकनुपर्ने हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger