Widgets

Home » » आचारसंहिता मान्न कानूनको उल्लंघन रातारात हजारभन्दा बढी कर्मचारी सरुवा

आचारसंहिता मान्न कानूनको उल्लंघन रातारात हजारभन्दा बढी कर्मचारी सरुवा

Written By sangalo on Wednesday, July 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

moga

काठमाडौं, श्रावण १० - विभिन्न मन्त्रालयले आचारसंहिता लागू हुनु अघिल्लो दिन साउन ६ मा रातारात हजारभन्दा बढी कर्मचारी सरुवा गरेर निजामती ऐन उल्लंघन गरेको जानकारी सामान्य प्रशासन मन्त्रालयका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार मन्त्रालयहरूले निजामती ऐनमा भदौ महिनामा मात्र आफू मातहतका कर्मचारीहरूलाई सरुवा गर्न पाउने व्यवस्था छ । तर, मन्त्रालयहरूले साउन महिनामै ठूलो संख्यामा कर्मचारीहरू सरुवा गरेर निजामती ऐन उल्लंघन गरेको उल्लेख गर्दै ऐनअनुसार ती सबै सरुवा बदर गरिनुपर्ने बताएका छन् । आचारसंहिता लागू भएपछि कर्मचारीहरूको सरुवा गर्न नपाइने भएकाले साउनमा नै कानुन मिचेर कर्मचारी चलाएका हुन् । 'सामान्यबाहेक अरू कुनै पनि मन्त्रालयले निजामती ऐनअनुसार साउनमा कर्मचारीको सरुवा गर्न पाउूदैनन् । कुनै पनि मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गर्न सामान्यको सहमतिसमेत लिएका छैनन् । विभिन्न मन्त्रालयले साउनमा गरेको सरुवाबाट निजामती ऐनको उल्लंघन भएको छ' सामान्यका सहसचिव महेन्द्र गुरागाईंले भने । उनका अनुसार कुनै पनि मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गर्न सहमतिसमेत नमागेको जानकारी दिए । गैरकानुनी निर्णयमा सामान्यले सहमतिसमेत दिंंदैन । उनका अनुसार अरू मन्त्रालयले भदौबाहेक अरू महिनामा रोग लागेमा या दुई कर्मचारी आपसमा एक-अर्को ठाउूमा जान तयार भएमा, रिक्त ठाउूमा दुई वर्ष अवधि पुगेकालाई मात्र सामान्यको सहमति लिएर सरुवा गर्न पाउूछन् । कानुन उल्लंघन गरी सबभन्दा बढी कर्मचारीको सरुवा अर्थमन्त्रालयको भन्सार र कर विभाग तथा मातहतका कार्यालयहरूमा गरिएको छ । अर्थमन्त्रालयलेे ९ सहसचिवसहित ३ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ । सरुवा हुनेमा उपसचिवदेखि चालकसम्म छन् । अर्थको सरुवामा ठूलो चलखेल रहेको र त्यसमा कर्मचारी संगठनहरूको समेत मिलोमतो रहेको स्रोतले उल्लेख गरेको छ । निजामती ऐनविपरीत कर्मचारीको सरुवा गर्नेमा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य, गृह मन्त्रालयलगायत छन् । अरू मन्त्रालयले समेत थोरै संख्यामा सरुवा गरेका छन् । स्वास्थ्य सेवा ऐनअनुसार असोज महिनामा मात्र कर्मचारी चलाउन पाउने व्यवस्थाविपरीत स्वास्थ्य मन्त्रालयले साउनमा ६ मा नै चार सयभन्दा बढीलाई सरुवा गरेको छ । विभिन्न निकायमा रिक्त पदमा मात्र सरुवा गरेको र त्यसबाट कानुनको उल्लंघन नभएको दाबी स्वास्थ्य मन्त्रालयका अधिकारीको छ । 'सामान्य प्रशासनले विभिन्न मन्त्रालयलाई करिब ५० जना कर्मचारीलाई मात्र कानुनबमोजिम सरुवा गर्न सहमति दिएको छ, बाूकी हजारभन्दा बढी कर्मचारीको सरुवा सबै गैरकानुनी हुन्, ती बदरयोग्य छन्' सामान्यका एक अधिकारीले भने । ती अधिकारीका अनुसार कानुनअनुसार सामान्य प्रशासनले साउन महिनामा कर्मचारी सरुवा गर्न पाउने व्यवस्था भए पनि यस वर्ष एक जनालाई पनि नचलाइएका छैन । नेपाल निजामती कर्मचारी संघका प्रवक्ता विश्वबन्धु रेग्मीले विभिन्न मन्त्रालयले कानुनविपरीत ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको उल्लेख गर्दै ती सबै बदर गर्न सामान्य र सम्बन्धित मन्त्रालयसित माग गरे । 'कर्मचारी सरुवामा विधिको शासनको खिल्ली उडाइएको छ, सबै सरुवा बदर गरेर विभिन्न मन्त्रालयले गैरकानुनी निर्णय सच्याउनुपर्छ' उनले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger