Widgets

Home » » बेपत्ता नफर्केपछि काजकिरिया तयारी

बेपत्ता नफर्केपछि काजकिरिया तयारी

Written By sangalo on Tuesday, July 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

टालेगाउँ (जाजरकोट), असार २५ - मुलेडाँडागाउँका दलबहादुर सिंह बेपत्ता भाइ अभिको खोजी गर्दै गत साता भारतको उत्तराञ्चल राज्यको गौरीकुण्ड पुगे । टालेगाउँ ४, मुलेडाँडाका उनी बेपत्ता भाइलाई फेला पार्न नसकी १० दिनपछि घर फर्केका छन् । छोरा र्फकने आस हराउँदै गएपछि बाबु नैनबहादुर काजकिरियाको तयारी गर्दै छन् । गौरीकुण्डस्थित केदारनाथधाम नजिक असार पहिलो साता आएको बाढीमा अभिसहित ३ जना ३ साता बितिसक्दा पनि सम्पर्कमा नआएपछि आफन्त काजकिरिया तयारीमा लागेका हुन् । उक्त विपद्बाट मुलेडाँडाका ३१ वर्षीय अभिबहादुर, २० वर्षीय गणेशबहादुर र २२ वर्षीय धीरेन्द्रबहादुर सिंह बेपत्ता छन् । घटनाका बेला सँगै रहेका साथी जनकबहादुर सिंह घर फर्के पनि आफ्नो छोरा नभेटिँदा परिवार चिन्तामा डुबेको हो । 'न सास, न लास भयो,' बुवा नैनबहादुरले भने, 'अब त आशा मार्ने बेला भइसक्यो ।' डोली बोकेर कमाइ गर्न एकैसाथ त्यहाँ गएका जनकबहादुर, बखतबहादुर, वीरेन्द्रबहादुर सिंह र हरिबहादुर शाही घर फर्केपछि बेपत्ताको खोजी गर्न आफन्त गौरीकुण्ड पुगेका हुन् । बेपत्ता अभि, गणेश र धीरेन्द्रको खोजी गर्न दाजुहरू दल, पूर्ण र काका धन उता गएका थिए । 'खोजीका लागि घटनास्थल जान पाएनौं, भारतीय अधिकारीले कम्प्युटरमा तस्बिर देखाए । तर त्यसमा हाम्रा बेपत्ताको तस्बिर थिएन । देखिएका अधिकांश तस्बिर आधा थिए,' दलबहादुरले भने । बेपत्ताको खोजी गर्ने क्रममा ७० हजार रकम खर्च भइसकेको आफन्तले बताए । उनीहरू फर्केर आउने कुनै आशा नहुँदा मंगलबारसम्म बाटो हेर्ने आफन्त धनबहादुरले बताए । 'दुर्घटनाअघि असार १ गते फोन सम्पर्क हुँदा सबै ठीकै छ, हामी ६ भाइ एकै ठाउँमा छौं, साउनमा घर र्फकन्छौं,' भन्थ्यो अभिले । यो वर्ष गाउँबाट एसएलसी कति उत्तीर्ण भए भनेर सोधेको थियो । त्यसपछि सम्पर्क नभएको ३ साता बित्यो, ऊसहित सबै फर्किएलान् भन्ने आश थियो,' बाबु नैनले भने । केदारनाथनजिकैको रामबाडा बजारमा ६ जना सँगै बसेका थियौं । एक्कासि पहिरो आएपछि ३ जना भागे । उनीहरू कता गए पत्तो नभएको घर फर्केका बखतले बताए । अधिकांश भाग्ने क्रममा चिसोले मृत्यु भएको थियो । 'उच्च हिमाली भेक हुँदै भाग्ने क्रममा अभि बेहोस भए, अनि त्यही ओडारमा कम्मल ओडाएर छोडेँ, अनि आफू हिमाल क्रस गरेर सुरक्षित भएँ । उसको स्थिति अज्ञात छ,' घर फर्केका जनकले भने । उनी सँगै तीर्थालुको डोली बोक्थे । राम्रो कमाइ हुने हुँदा विगत ३ वर्षदेखि त्यता जाने गरेको उनले बताए । पढाइ तथा घर खर्च जुटाउन छोरा जाने गरेको अभिकी आमा पानसराले बताइन् । अभि स्नातक पढ्दै थिए । उनले शिक्षक सेवा आयोगको प्राथमिक शिक्षक परीक्षासमेत दिएका छन् । त्यसैगरी धीरेन्द्र र गणेश कक्षा १२ मा पढ्थे । अभिका नाबालक २ छोरा र १ छोरी छन् । पति बेपत्ता भएपछि यी नाबालक छोराछोरीलाई के कसरी हुर्काउने चिन्ताले सताएको पत्नी धर्मशीलाले बताइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger