भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका सुमिना घिमिरे एक सोझी पात्रको रुपमा फिल्मी क्षेत्रमा प्रवेश गरेपनि उनले पछिल्लो समय आफूलाई यौन केन्द्रित फिल्ममा धेरै व्यस्त राखिन् । पहिलो फिल्म 'दुलही' मार्फन नै आवार्ड हात पार्न सफल भएकी सुमिनाले 'नाईन ओ क्लक', 'अप्रिल फुल' तथा 'लभ फरेभर'मा आफूलाई निकै एक्सपोज गरेकी छिन् । निकै खुल्न थालेकी सुमिनाले अब सेक्स कन्टेन्ट रहेको फिल्ममा काम नगर्ने घोषणा गरेकी छिन् । सोझी भूमिकामा दर्शकको मन जितेकी सुमिनाले अब दर्शकलाई निराश बनाउने भूमिका निर्वाह नगर्ने बताएकी छिन् । नवल खड्काको भिमदत्त फिल्ममा गाउँले महिलाको भुमिकामा प्रस्तुत भएकी सुमिनाले अहिलेको फिल्मको विषय प्रति नै आपत्ति जनाएकी छिन् । पछिल्लो समयमा फिल्महरु यौन कन्द्रित विषयमा बन्ने हुनाले कुन फिल्म खेल्ने र कुन फिल्म नखेल्ने भन्ने दोधार भएको सुमिनाको भनाई रहेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.