Widgets

Home » » चीनका पूर्वमन्त्रीलाई भ्रष्टाचारमा मृत्युदण्ड

चीनका पूर्वमन्त्रीलाई भ्रष्टाचारमा मृत्युदण्ड

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

china

हङकङ, असार २५ - चीनका पूर्वरेलमन्त्री लियु झिजुनलाई चिनियाँ अदालतले भ्रष्टाचार तथा सत्ता दुरुपयोगको अभियोगमा मृत्युदण्डको सजाए सुनाएको छ । बेइजिङस्थित नम्बर २ इन्टरमिडिएट पिपुल्स कोर्टले सोमबार लियुले राज्य तथा जनताका अधिकार र हित उल्लंघन गर्दै सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याएको ठहर गर्दै उक्त अपराधका लागि उनी सजाएको भागीदार हुनुपर्ने निर्णय सुनाएको हो । लियुमाथि सन् १९८६ देखि २०११ सम्मको अवधिमा ६ करोड ४६ लाख यूआन भ्रष्टाचार गरेको लगायतका आरोप रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । वर्तमान राष्ट्रपति सि जिनपिङले पद सम्हालेयता भ्रष्टाचार अभियोगमा दण्डित गरिन लागेका उनी सबैभन्दा उच्च नेता हुन् । यिनले विभिन्न परियोजना निर्माणका बखत अनियमितता गर्नुका साथै नियम मिचेर पक्षपातपूर्ण तवरले नजिकका ११ जनालाई अवैध ठेक्का दिलाएका थिए । पूर्वमन्त्री लियुले आफूमाथिका आरोप स्वीकार गरेको सिन्ह्वाले जनाएको छ । सन् २००३ देखि २०११ सम्म रेलमन्त्री रहेका उनी त्यसअघि उपमन्त्री र रेलवे अधिकारीका रूपमा कार्यरत थिए । चिनियाँ वरिष्ठ राजनीतिज्ञमध्येका ६० वर्षीय उनलाई अदालतले राजनीतिक अधिकारबाट वञ्चित गर्नुका साथै सम्पूर्ण निजी सम्पत्ति जफत गर्ने निर्णय सुनाएको छ । १९७३ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सदस्यता लिएका उनी इन्जिनियरिङमा स्नातकोत्तर छन् । चिनियाँ सञ्चारमाध्यमहरूले उनलाई रेलवे क्षेत्रमा विशेष दख्खल राख्ने राजनीतिज्ञ बताएका छन् । सन् २०११ फेबु्रअरीमा 'चाइनिज सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्सपेक्सन' (अनुशासन निरीक्षणका लागि चिनियाँ केन्द्रीय आयोग) को अनुसन्धान घेरामा तानिएलगत्तै २५ फेब्रुअरीमा तत्कालीन राष्ट्रपति हु जिन्ताओ सरकारले लियुलाई पदबाट बर्खास्त गरेको थियो । रेल विभागमा हुने अवैध क्रियाकलापका कारण चिनियाँ सरकारले लामो समयदेखि चौतर्फी आलोचना खेप्दै आएको छ । यसैका कारण गत मार्चमा सम्पन्न नेसनल पिपुल्स कंग्रेसको बैठकले अत्यन्तै शक्तिशाली मानिने रेल मन्त्रालयले नै खारेज गर्ने अपि्रय निर्णय गर्न बाध्य भएको थियो । पछिल्लोसमय चीनले दुर्तगतिमा चल्ले रेलमार्ग सन्जाल विस्तारमा जोड दिएको छ । गत वर्ष डिसेम्बरबाट बेइजिङदेखि गोन्जाउसम्म दुईतर्फी चल्ने संसारकै लामो (२,२९८ किलोमिटर) दु्रत रेल सेवा सुरु भएको छ । लियुलाई कुनै समय चिनियाँ दु्रत रेलका 'पिता' समेत भनिएको हङकङबाट प्रकाशित हुने अंग्रेजी दैनिक साउथा चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । करिब आठ महिनाअघि नोभेम्बरमा सम्पन्न १८औं चिनियाँ राष्ट्रिय कंग्रेस र गत मार्चको नेसनल पिपुल्स कंग्रेस भेलाले भ्रष्टाचार मुलुकको जटिल समस्या भएको निक्र्यौल गरेको थियो । भ्रष्टाचारप्रति निकै कडा रवैया राख्ने नेताका रूपमा चिनिएका राष्ट्रपति सिले यस प्रकरणबाट पदको दुरुपयोग गर्ने कसैलाई नछाडिने सन्देश दिन चाहेको विश्लेषकहरूको ठहर छ । चिनियाँ कानुनमा लाख यूआनभन्दा बढी घूस लिनेलाई मृत्युदण्ड दिन सकिने व्यवस्था छ । मृत्युदण्डलाई जन्मकैदमा परिणत गर्न सकिने व्यवस्था भएकाले लियुका हकमा समेत यो लागू हुनसक्ने चिनियाँ सञ्चारमाध्यमहरूमा उल्लेख छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger