Widgets

Home » » डलर किन्न ९८ रुपैयाँ सय पुग्ने प्रक्षेपण

डलर किन्न ९८ रुपैयाँ सय पुग्ने प्रक्षेपण

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

doller

काठमाडौ, असार २५ - सबै रेकर्ड तोडेर अमेरिकी डलरको मूल्यले ९८ रुपैयाँ छोएको छ । वाणिज्य बैंकले आइतबार १ डलरको कारोबार औसत ९७ रुपैयाँ ६९ पैसामा गरेका छन् । नेपालमा खासै चर्चा नभए पनि डलरको बढ्दो मूल्यले भारतमा हल्लीखल्ली भएको छ । डलरको मूल्य भारतमा ६१ रुपैयाँ २१ पैसा पुगेपछि बजारलाई सान्त्वना दिन सरकारले प्रधानमन्त्री मनमोहन सिंहले यस विषयमा छलफल गर्ने विज्ञप्ति जारी गरेका छन् । सँगै रिजर्भ बैंक अफ इन्डियाले डलरका सबैभन्दा बढी खपतकर्ता तेल आयात गर्ने कम्पनीसँग छलफल अघि बढाएको छ । अमेरिकी डलरको मूल्य भारतीय ६३ रुपैयाँसम्म पुग्ने प्रक्षेपण सार्वजनिक भएका छन् । त्यस्तो भए नेपालमा १ डलर खरिद गर्न १ सय रुपैयाँभन्दा बढी बुझाउनुपर्ने छ । भारतसँग रहेको स्थिर विनिमय दरका कारण डलरको मूल्य दुवै मुलुकमा सँगसँगै तलमाथि हुने गर्छ । भारतीय रिजर्भ बैंकले आइतबार बजारमा केही डलर बिक्री गरेपछि मूल्यले ६२ रुपैयाँ छुन पाएन । यसरी भारतमा गरिने हस्तक्षेपको असर नेपालको डलर मूल्यमा पनि पर्छ । नेपालले भने मूल्यलाई नियन्त्रण गर्न कुनै कदम चाल्न सक्दैन । 'स्थिर विनिमय दर र भारतीय रुपैयाँको अवमूल्यनका कारण नेपालमा पनि डलर महँगो भएको हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करणमी ज्ञवालीले भने, 'हामीले पछिल्लो अवस्था नजिकबाट हेरिरहेका छौं ।' भारतले मूल्यलाई बढ्न नदिन डलर बिक्री गर्ने गरे पनि नेपालमा यस्तो काम सम्भव हुँदैन । डलरको सीमित उपलब्धता र भारतसँग रहेको खुला सिमानाका कारण राष्ट्र बैंकले बजारमा हस्तक्षेप गर्न सक्दैन । 'हामीले डलर बिक्री गरेर थेग्न सक्दैनौं,' राष्ट्र बैंकका एक पूर्वअधिकारीले भने, 'खुला सिमानाका कारण तस्करी भएर भारत जाने भएकाले यो असम्भव हुन्छ ।' अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँगै डलरको मूल्य बढ्ने क्रम सुरु भएको हो । भारतमा लगानी गर्ने विदेशी कम्पनीले आफ्नो रकम झिकेर अमेरिका लैजाने थालेपछि भारतमा डलरले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यसबाहेक मूल्य बढ्ने क्रमसँगै बजारमा डलरको माग पनि चुलिएको छ । जसलाई कम गर्न विभिन्न कदम सरकारले चालिसके पनि असर देखिएको छैन । डलरको मूल्य बढ्दा निकासी गर्ने उद्योगको फाइदा बढ्ने गर्छ । नेपालबाट पनि तेस्रो मुलुकमा वस्तु निर्यात गर्नेलाई डलरको मूल्यबाट दोहोरो फाइदा भएको छ । सरकारले यस्ता निर्यातकर्तालाई २ देखि ४ प्रतिशत निर्यात अनुदान दिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा पस्मिना, गार्मेन्ट, गलैंचा, चियाकफी जस्ता उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि डलरका कारण बढेको छ । विदेशी लगानीकर्ताका लागि भने डलर बढ्नु फाइदाजनक हो । यस्तो समय विदेशी पुँजी भित्रिने सम्भावना बढी हुन्छ । आयात गर्नेलाई भने बढेको डलरले तनाव बढाएको छ । वस्तु आयात गर्नेले डलरका कारण बढेको लागत ग्राहकलाई थोपर्ने हुँदा मूल्यवृद्धि चुलिने देखिएको छ । 'आगामी आर्थिक वर्षको सुरुवातबाटै डलरका कारण मूल्य वृद्धिमा चाप देखिने छ,' एक अर्थविद्ले भने, 'पछिल्लो दुई महिनादेखि बढ्दै गएको डलरले बजारमा असर देखिन थालेको छ ।' आयात हुने वस्तुसँगै कच्चा पदार्थको मूल्य पनि चुलिएर महँगीमा थप चाप पर्छ । भारतबाट आउने वस्तुको मूल्य पनि बिस्तारै बढ्दै जाने छ । डलरको मूल्यले आयल निगमको घाटा महिनैपिच्छे चुलिँदै गएको छ । योसँगै सरकारले विदेशी मुद्रामा लिएको ऋण पनि बढ्न थालेको छ । कुनै पनि मुलुकको मुद्रा अवमूल्यन हुनुमा सबैभन्दा धेरै आन्तरिक कारणले असर गरेको हुन्छ । नेपालमा भने भारतीय प्रभाव परेको हो । मुद्रा अवमूल्यन हुनमा निर्यातबाट कमाएको भन्दा बढी आयातमा खर्च हुनु, रोजगारी र प्रतिव्यक्ति आय घट्नु र अन्तर्राष्ट्रिय बजारमा स्थानीय मुद्राको माग घट्नु कारक हुन्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger