भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चितवन- जिल्ला कारागार भरतपुरका बन्दी कैदीहरू विरामी हुने क्रम बढ्दै गएको छ। मेडिकल सिटीको रुपमा विकास भइरहेको भरतपुरमा क्यान्सरका अतिरिक्त अन्य रोगको उपचार सहज हुने भएपछि बिरामी कैदी बन्दीलाई राजधानीपछि स्थानान्तरणका लागि चितवन प्राथमिकतामा राखिन्छ।
अहिले जिल्ला कारागार चितवनमा ३६ जना अस्वस्थ्य बन्दी कैदीहरू रहेको कारागारले जनाएको छ। जसमध्ये उच्च रक्तचापसँगै क्यान्सरका बिरामी रहेका छन्। उच्च रक्तचापका १४ जना, मृगौला र पित्तथैलीमा पत्थर भएका नौ जना, मधुमेहका चारजना, मानसिक रोगी तीनजना र मुखको क्यान्सरको एकजना बिरामी रहेको कारागारका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए। जिल्लामा अस्पताल वृद्धि भएसँगै कारागारमा बन्दी कैदीको चाप पनि बढेको उनले बताए।
अन्यत्रबाट बिरामी भएका बन्दीलाई चितवन पठाउने गरेका कारण समस्या बढेको छ जेलर काफ्लेले भने। विगत तीन दिनदेखि कारागारमा भाइरल ज्वरोको समस्या पनि देखिएको छ। मौसममा आएको परिवर्तनसँगै जिल्ला कारागार चितवनमा भाइरलका कारण २५ जना बिरामी परेका छन्। जेलर काफ्लेका अनुसार कैदीमा ज्वरो आउने, टाउको दुख्ने, रुघा खोकी लाग्नेजस्ता समस्या बढेको छ।
यसलाई नियन्त्रणमा लिन कारागार प्रशासनले विभिन्न प्रयास अपनाए पनि नसकिएको र सामूहिक वसोवासका कारण सरुवा रोग फैलने खतरा बढेको उनले बताए। एकसय २५ जनाको क्षमता रहेको सो कारागारमा अहिले ४५२ जना बन्दी छन्। जसमध्ये गैँडा तस्करीको अभियोगका कैदी अधिक रहेका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.