भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हाइ पर्फर्मिङ ट्याब्लेटको सूचिमा पर्ने लक्ष्य सहित सामसङले आइतबार ग्यालेक्सी ३ १०.१ ट्याब्लेट ल्याएको छ। सामसङले यो ट्याब्लेट १० इञ्च ट्याब बजारमा सबैभन्दा लोकप्रिय बन्ने सुन्दर सपना साँच्दै ल्याएको हो। के वास्तविकता त्यस्तै होला त? विश्व स्मार्टफोन बजारलाई कब्जा गर्ने सामसङका लागि यो चुनौती पूरा गर्न त्यति सजिलो छैन। ग्यालेक्सी ३ १०.१ ट्याबको उपभोक्ता मूल्य सामसङ सपना पूरा गर्न मुख्य बाधक देखिएको छ। 'ग्यालेक्सी ३ १०.१ लाई लोकप्रिय बनाउन सबैभन्दा ठूलो बाधक यसको मूल्य हो', ग्याजेट समीक्षकहरुले भनेका छन्- 'महँगो मूल्यले गर्दा सामसङले साँचिरहेको सपना ग्यालेक्सी (तारापुञ्ज) को कथा जस्तो बन्न सक्छ।' अमेरिकी उपभोक्ताले १६ जिबी स्टोरेज क्षमता सहितको ग्यालेक्सी ३ १०.१ का लागि ३९९ डलर (कर बाहेक) चुकाउनु पर्नेछ। यसको अग्रिम अर्डर सामसङल जुन २५ देखि नै लिइरहेको छ। फिचर के के छन्? १२८०×८०० पिक्सल रेजुलुसन पीएलएस (प्लेन टु लाइन स्विचिङ) स्क्रिन भएको सामसङ ग्यालेक्सी ट्याब ३ १०.१ मा ३ मेगा पिक्सेल रेयर क्यामरा तथा १.३ मेगापिक्सेलको फ्रण्टफेसिङ क्यामरा छ। इन्टेल जेड२५६० एक दशमवलव ६ गिगाहर्जको डुवल कोर सिपीयु रहेको ट्याबमा १ जीबी र्याम छ। ट्याबले एन्ड्रोइड ४.२ भर्सनलाई रन गर्नेछ। माइक्रो एसडी एक्सपान्सन स्लड रहेको ट्याबमा आइआर ब्लास्टर पनि छ। झट्ट हेर्दा सामसङका ७ र ८ इञ्चकै ट्याबलेट जस्तो देखिए पनि यो यसको होम बटम बेजल र स्विचिङ ओरेन्टिएयसन चलाउनेहरुले सामसङका पुराना मोडलभन्दा पूरापूर फरक अनुभव गर्न सक्छन्। टप ट्याब्लेट सूचिमा रहेको गुगल नेक्सेस १० को २५६०×१६०० पिक्सेल रेजुलुसन जस्तै ग्यालेक्सी ट्याब ३ १०.१ को १२८०×८०० पिक्सल रेजुलुसन उस्तै छ। एप्पल आइप्याड र गुगल नेक्सेस जस्ता टप पर्फर्मिङ ट्याब्लेटहरुको तुलनामा ग्यालेक्सी ३ १०.१ औसतभन्दा तल छ। त्यसैले आक्रमक बजार रणनीतिकै भरमा ग्यालेक्सी ३ १०.१ टप पर्फर्मिङ ट्याब्लेट बन्ने देखिँदैन। १२८०×८०० पिक्सल स्क्रिन रेजुलुसनको सामसङ ग्यालेक्सी ३ १०.१ लाई ३९९ डलर तिर्नु पनि उपभोक्ताका लागि पीडाकै कुरा हो। के चै राम्रो छ त? ट्याबको इन्फारेट ब्लास्टर आशा गरे अनुसार नै साँच्चिकै राम्रो छ। १६ जिबीको स्टोरेज क्षमता पनि धेरै हैन। यी यावत् पक्ष एकातिर भए पनि ग्यालेक्सी ३ १०.१ को पूर्ण रुपमा उपभोक्ता माझ पुगेपछि मात्रै यसको वास्तविक परीक्षण हुनेछ। दुई दिन अघि सामसङले यसलाई अमेरिकी बजारमा उपलब्ध गराइसकेको छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.