भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, असार २५ - गुन्डागर्दी गरी फिरौती असुल गर्ने चरी भन्ने दिनेश अधिकारीलाई प्रतिशोध साँध्न गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीमाथि गोली प्रहारको आरोपमा पक्राउ परेका धादिङकै राधे भनिने राधाकृष्ण भण्डारीले राजनीतिक प्रतिशोधमा आक्रमण गरेको बयान प्रहरीलाई दिएका हुन् । भण्डारी कांग्रेस निकटस्थ हुन् । गत चैतमा एमाले जिल्ला अधिवेशनका बेला धादिङ सदरमुकाममा आफ्नो भाइ श्रीकृष्ण भण्डारीको हात काटिदिएका कारण चरीमाथि गोली प्रहार गरेको उनले प्रहरीलाई बताएका छन् । धादिङ प्रहरी प्रमुख डीएसपी अशोक सिंहले गत चैतमा चरी समूहका हाक्पा भन्ने सूर्यबहादुर गुरुङसहितको समूहले श्रीकृष्णमाथि आक्रमण गरेको बताए । उनका अनुसार हाक्पा अहिले पुर्पक्षका लागि थुनामा छन् । घटनालगत्तै फरार हाक्पालाई १ महिनाअघि काठमाडौंबाट पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो । त्यस घटनामा चरीको प्रत्यक्ष संलग्नता नरहेको प्रहरीको भनाइ छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.