Widgets

Home » » फेसबुक-ट्विटर ब्राउज गर्ने घडी कस्तो छ?

फेसबुक-ट्विटर ब्राउज गर्ने घडी कस्तो छ?

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Click to enlarge image watch.jpg
तपाइँको घडीमा कस्ता फिरच छन् ? समय, मिति, दिशा देखाउने अथवा स्थान बताउने? घडि अब त्यति मात्र रहेन। पेब्ले स्मार्ट घडि लगाउनु भएको छ भने तपाइँले फेसबुक र ट्विटर नै ब्राउज गर्न सक्नुहुनेछ। गुगल प्लेमा जानुहोस् र पेब्ले रकर एप खोज्नुहोस्। स्विस आर्मी नाइफ जस्तो यो एपले पेब्ले घडिका लागि फरक किसिमका फङ्सनहरु एकै ठाउँमा राखिदिएको छ। पेब्ले रकरबाट फेसबुक र ट्विटरको टाइमलाइन हेर्न सकिनेछ। फोटो ग्यालरी देख्न सकिनेछ। ट्विटर र फेसबुक अकाउन्ट चलाइरहँदा एकबाट अर्कोमा 'मुभ' गरेर दुवैका छुट्टा छुट्टै मेसेज हेर्न सकिनेछ। घडीको दायाँपट्टिको माथि अथवा तलतिर भएको बटनमा डबल क्लिक गरेर फरक फरक मेसेज हेर्न सकिन्छ। कमेन्ट हेर्न तथा फिड रिफ्रेस गर्नको लागि घडिको बीच भागमा रहेको बटन प्रयोग गर्नुपर्ने हुन्छ। पेब्ले घडीमा इन्स्टल भएको एपले तपाइँको फोन तथा पेब्ले रकर एपसँग सम्पर्क गरेर यो काम गर्दछ। पेब्ले रकर एपको एउटा अवगुण भनेको यसले तपाइँको पेब्ले घडीमा मल्टिपल एप इन्स्टल गर्न लगाउनेछ। जसले गर्दा लिमिटेड स्पेस भएको घडिमा धेरै एप राख्न समस्या हुनेछ। यसले प्रयोगकर्तालाई कुन चाहिँ एप डिलिट गर्ने र कुन चाहिँ राख्ने भन्ने झन्झट थपिदिन्छ। तर धन्दा नमान्नुहोस् घडीमा फेसबुक ट्विटर ब्राउज गर्न सकिने यो एप छिटै 'अल इन वान' भर्सनमा आउँदैछ। के हो पेब्ले घडी? पेब्ले घडी एउटा नयाँ टेक्नोलोजीको स्मार्ट घडी हो। यसलाई पेब्ले टेक्नोलोजीले यही वर्ष निर्माण गरी उपभोक्ता समक्ष पठाउन थालेको हो। यो नयाँ टेक्नोलोजीलाई संस्थागत स्वरुपमा ढाल्न क्राउड फण्डिङ साइट किकस्टारमार्फत १ करोड २६ लाख ६ हजार डलर जम्ममा गरिएको थियो। २०१३ जनवरीदेखि उत्पादन थालेको पेब्ले घडीले जुलाइसम्ममा ८५ हजार घडी बिक्री गरेको छ। (माथिको तस्विर ग्यालरी हेर्नुहोस्) रियल टाइम अपरेटिङ सिस्टमको फ्रि रुट प्रयोग भएका पेब्ले घडीहरुले एन्ड्रोइड तथा आइओएस सिस्टमलाई सजिलै 'टु वे' सञ्चार गर्ने क्षमता राख्छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger