Widgets

Home » » लामालाई 'भिआइपी' हिरासत

लामालाई 'भिआइपी' हिरासत

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


काठमाडौं – अवैध सम्पत्ति मुद्दाको थुनछेक बहस नसकिएपछि विशेष अदालतले कुख्यात गुन्डा गणेश लामालाई बुधबार प्रहरी हिरासत पठाएको छ। बुधबार विशेष अदालत हाजिर भएका उनको थुनछेकको बहस नसकिएपछि महानगरीय प्रहरी प्रभाग सिंहदरबारको हिरासतमा पठाएको हो। काठमाडौंमा रहेका प्रहरी हिरासतमध्ये सिंहदरबार 'भिआइपी हिरासत' को रुपमा परिचित छ। छुट्टै कोठासहितको सुविधाका कारण पक्राउ परेकालाई अतिरिक्त सुविधाका लागि प्राय सिंहदरबार प्रभाग नै प्राथमिकथामा पर्छ। प्रहरी सूचीमा आपराधिक समूह काभ्रेलीका नाइके भए पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण ऐन– २०६४ अनुसार जेठ ५ गते मुद्दा दायर गरिएको थियो। लामाले दुईपटक अदालतले जारी गरेको म्याद गुजारेर बुधबार भने आफैं विशेषमा उपस्थित भएपछि उनलाई कारागार पठाएर मुद्दा प्रक्रिया अगाडि बढाउने वा धरौटीमा छाड्ने बहस सुरु भएको थियो। सरकारी पक्षका कानुन व्यवसायीको बहस सकिए पनि प्रतिवादी लामा पक्षधर कानुन व्यवसायीको बहस सकिएको थिएन। थुनछेक बहस नसकिएपछि विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको संयुक्त इजलासले बिहीबार बिहान दस बजे उपस्थित हुनेगरी लामालाई हिरासतमा लिन आदेश दिएको थियो। रजिस्ट्रार धीरबहादुर चन्दले समय अभावले नसकिएपछि न्यायिक हिरासत पठाइएकोे जानकारी दिए। विभागले तयार पारेको अभियोगपत्रमा ३४ वर्षे लामा र उनको परिवारका नाममा २७ करोडभन्दा बढीको सम्पत्तिको स्रोत नखुलेको उल्लेख छ। लामाले बयानमा ठेक्कापट्टा र आफ्नो कम्पनी सिरुवा कन्स्ट्रक्सनको कमाइ दाबी गरेका छन्। विभिन्न बैंक खाताबाट कारोबार गरेको करिब १३ करोड रकमको स्रोत नखुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको थियो। लामा र उनको परिवारका नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २ सय ५ रोपनी, भक्तपुरमा ७ आना र काभ्रेमा ३६ रोपनी जग्गा रहेको, श्रीमती लक्ष्मीको नाममा काठमाडौं महानगरपालिका– १० मा ३ आना ३ पैसा जग्गामा बनेको घर र दुई भाइको नाममा करिब १५ रोपनी जग्गा देखिएको छ। जग्गा जोड्ने सम्पत्तिको स्रोत खुल्न नसकेको दाबी अभियोगपत्रमा छ। सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका लामाका परिवारै लामाका बाबु, आमा, श्रीमती र दुई भाइ विपक्षी बनाइएका छन्। अन्य अभियोगी दीपक मनाङे, चक्रे मिलन, पर्शुराम बस्नेत, अभिषेक गिरीका भने श्रीमतीलाई मात्र अभियुक्त बनाइएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger