Widgets

Home » » सामसङले ल्यायो टच स्क्रिन स्लिम ल्यापटप

सामसङले ल्यायो टच स्क्रिन स्लिम ल्यापटप

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Click to enlarge image samsung lap.JPG
सामसङले केही दिनअघि लण्डनमा सार्वजनिक गरेको एटिभ बुक ९ लाइट ल्यापटपको बजार मूल्य सार्वजनिक गरेको छ। दुई हप्तापछि बजारमा उपलब्ध हुने बुक ९ लाइट ल्यापटपको मूल्य म्याकबुक एयर ११ इञ्चभन्दा २ सय डलर कम राखेको छ। सामसङले यो अल्ट्राबुकलाई प्लाष्टिकसँगै फ्यान्सी मेटल बडीमा उपलब्ध गराएको छ। अमेरिकी भर्सनको बजार मूल्य अमेरिकी डलर ७९९ तोकिएको बुक ९ लाइटका ल्यापटपहरु अहिलेलाई कालो र सेतो रंगमा मात्र उपलब्ध हुनेछन्।
कस्तो छ एटिभ बुक ९ लाइट?
बुक ९ लाइटमा ४ जिबी र्‍याम, १२८ जिबी एसएसडी तथा १३६६×७६८ पिक्सेलको टच स्क्रिन छ। सामसङ ल्यापटको सबैभन्दा महत्वपूर्ण पक्ष यसको एमडी क्युड कोर प्रोसेसर हो। उच्च ग्राफिक्स क्षमताको क्युड कोर ३ महिना अघि मात्र रिलिज भएको प्रोसेसर हो। एएमडी क्युड कोर १ दशमलव ४ गिगाहर्जसम्म रन हुनसक्छ। साइडसिङ्क सफ्टवेयर रहेको यो ल्यापटपमा समसङ ग्यालेक्सी फोन प्रयोगकर्ताले सहजै डाटा सेयरिङ गर्न सक्छन्।

यसमा सरोकार राख्नुपर्ने अर्को पक्ष ब्याट्री लाइफको हो। एएमडीका अघिल्ला जेनेरसनभन्दा इन्टेल प्रोसेर सिस्टमसँग आवद्ध ब्याट्रीकै लाइफ ल्यापटपमा निकै लामो पाइएको थियो। लण्डनमा सार्वजनिक भएको एटिभ बुक ९ लाइटको ब्याट्री क्षमतालाई हेर्ने हो भने त्यो औसतभन्दा कम छ। सामान्य ब्याट्री आयु ५ घण्टासम्म हुन सक्ने दाबी कम्पनीको छ। तर २८ जुलाईदेखि बजारमा उपलब्ध हुने सामसङ ल्यापटलाई ब्याट्रीको पक्षले धक्का दिन सक्ने देखिन्छ।
झट्ट हेर्दा एटिभ बुक ९ लाइट यसअघिको बुक नाइन प्लस जस्तै डिजाइनमा आएको छ। दुवै १३ इञ्चाका हुन् दुवै 'फोल्डेड म्यागेजिन स्टाइल'मा आएका छन्। लाइटको फरक भनेको यसको मेटल बडी मात्रै हो। डिजाइन हेर्दा यो बजेट ल्यापटपभन्दा महँगो जस्तो देखिन्छ। सिल्की सेतो प्लास्टिक मोडल सामसङ ग्यालेक्सी ट्याब्स जस्तै निकै तिलस्मी छ। यो मेटल बडीभन्दा जोखिमपूर्ण नै देखिन्छ। त्यसैले सामसङ बुक ९ लाइटका प्रयोगकर्ताले यात्राका समयमा सावधानीपूर्वक ब्यागमा सुरक्षित गर्नैपर्ने हुन्छ। १७ एमएम चेप्टो यो ल्यापटपको तौल डेढ केजी पनि छैन। १.४४ केजीको यो ल्यापटप बोक्दा त्यति धेरै भारी अनुभव हुँदैन।

एटिभ बुक लाइटमा पनि १३ इञ्चको टच स्क्रिन छ। अन्य फङ्सनमा माइक्रोसफ्टको सर्फेस प्रो झै लाग्ने यो डिभाइसले टच स्क्रिन रेजेलुसनका कारण भने उपभोक्तालाई निरास पार्नेछ। १३६६×७६८ पिक्सेलको टच स्क्रिन अब्बल छैन। विन्डोज ८ भर्सन रहेको ल्यापटपका प्रयोगकर्ता सफ्टवेयर अपग्रेड गर्न तयार भएर बसे हुन्छ। माइक्रोसफ्टले छिटै नै विन्डोज ८ लाई अपग्रेड गर्दैछ। यो ल्यापटप किन्दा अपग्रेड सुविधा निःशुल्क हुने समसङले जनाएको छ।
samsung laptop0

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger