Widgets

Home » » अवार्डको सुरु भयो मतगणना

अवार्डको सुरु भयो मतगणना

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अवार्डको सुरु भयो मतगणना
काठमाडौं – नेपाल चलचित्र विकास कम्पनी –एनएफडिसी)ले गर्न लागेको 'राष्ट्रिय फिल्म अवार्ड २०६९'मा दर्शकको सहभागिता बढाउन गरिएको भोटिङको म्याद सोमबार राति सकिएको छ। अवार्डको निर्णयलाई आधिकारिक बनाउन देशभरका हलहरुमा मतपेटिका राख्नुका साथै एसएमएसमार्फत् पनि मतदानको व्यवस्था गरिएको थियो। दुवै माध्यममा दर्शकले उत्साहजनक सहभागिता जनाएको आयोजकले दाबी गरेको छ। काठमाडौंका हलमा राखिएका मतपत्रहरु भेला गरेर गणना सुरु भइसके पनि कबाहिरबाट मतपत्र आउने क्रम जारी रहेको आयोजकले जनाएको छ। देशभरका चार दर्जन बढी हलमा एक लाखभन्दा बढी मतपत्र पुर्याहइएको थियो। बुधबारदेखि काठमाडौंका हलमा खसालिएका मतपत्रको गणना थालिएको आयोजकले जानकारी गराएको छ। बुधबा बिहानसम्म गरिएको मतगणनामा गोपीकृष्ण हलमा सबैभन्दा ज्यादा मत खसेको आयोजकले जनाएको छ। गोपीकृष्ण हलमा राखिएको मतपेटिकामा १५ हजार ७ सय ५७ जना दर्शकले भोट हालेको अवार्ड कार्यक्रम संयोजक दयाराम पाण्डेले जानकारी गराए। मतपत्रको गणनापछि एसएमएस भोटिङ गन्ने अवार्डको कार्यतालिका छ। मनोनयनमा परेका फिल्म र फिल्मकर्मीहरुलाई उत्कृष्टताको अवार्ड दिलाउन भोटिङले ४० प्रतिशत महत्व राख्नेछ। बाँकी ६० प्रतिशतका लागि फिल्म स्वयंको प्रस्तुति र फिल्मले बोकेको सामाजिक दायित्व जिम्मेवार रहने आयोजकले जनाएको छ। फिल्मको प्रस्तुतिका लागि ५० प्रतिशत अंक छुट्याइएको छ भने सामाजिक दायित्व बोकेका फिल्मले १० अंक पाउनेछन्। मतपत्र तथा एसएमएस भोट गर्नेमध्येबाट गोलाप्रथाबाट एक जनाले महिन्द्रा स्कुटी प्राप्त गर्नेछन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger