Widgets

Home » , » 'आइरनम्यान' खेल्नेको कमाइ बढी

'आइरनम्यान' खेल्नेको कमाइ बढी

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
'आइरनम्यान' खेल्नेको कमाइ बढी
लसएन्जल्स – फिल्म 'आइरनम्यान'का शीर्षअभिनेता रोबर्ट डाउनी जुनियर हलिउडको सर्वाधिक महँगा अभिनेता साबित भएका छन्। फोर्बस्को प्रतिवेदनअनुसार 'आइरनम्यान' बन्ने डाउनीको पछिल्लो एक वर्षको कमाइ ७ करोड ५० लाख डलर रहेको छ। उनीपछि दोस्रो र तेस्रो स्थानमा क्रमशः च्यानिङ ट्याटुम र ह्यु ज्याकम्यान छन्। ४८ वर्षीय डाउनीले सन् २०१२ मा 'द एभेन्जर्स' र सन् २०१३ को 'आइरनम्यान ३'मा अभिनय गरेका थिए। दुवै फिल्मको बक्सअफिस कमाइ एक अर्ब डलरभन्दा बढी थियो। 'हलिउडका सबै निर्माता उनलाई फिल्ममा खेलाउन लालयित छन्, उनको पारिश्रमिक पनि बढेको छ,' फोर्बस्का प्रतिनिधि डोरोथी पोमेरान्जले मंगलबार भनेकी छिन्। फोर्बस् २०१२ जुनदेखि २०१३ जुनसम्मको आम्दानीलाई मध्यनजर गर्दै यो सूची निकालेको हो। स्टेभन सोडरबर्गद्वारा निर्देशित फिल्म 'म्याजिक माइक'का अभिनेता तथा निर्माता ३३ वर्षीय ट्याटुमले पछिल्लो वर्ष ६ करोड डलर कमाइ गर्दै दोस्रो स्थान हात पारेका हुन्। उनको फिल्मले बक्सअफिसमा १६ करोड ७० लाख उठाएको थियो। त्यस्तै अस्ट्रेलियाली अभिनेता ४४ वर्षीय ज्याकम्यान ५ करोड ५० लाख डलरसहित तेस्रो स्थानमा छन्। उनको फिल्म 'दि वोल्भेराइन' अर्को हप्ता आउँदैछ। मार्क वालबर्ग ५ करोड २० लाख डलरसहित चौथो, रेस्लर अभिनेता द रक ४ करोड ६० लाख डलरसहित पाँचौं स्थानमा अटाएका छन्। एडम स्यान्डलर, डेन्जेल वासिंगटन र टम त्रु्कज क्रमशः छैटौं, सातौं र आठौं स्थानमा सीमित भए। टम त्रु्कज अघिल्लो वर्ष पहिलो स्थानमा थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger