भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अन्तत विभिन्न खालका गलत हल्लाहरु बाहिरिरहेको समयमा चलचित्र पत्रकार संघ चितवन शाखामा नयाँ कार्यसमिती चयन गरिएको छ । चलचित्र पत्रकार संघका केन्दि्रय उपाध्यक्ष प्रदिप निरौला, कोषाध्यक्ष सुमन दाहाल र सदस्य कुबेर गिरीको बिशेष उपस्थितीमा संघमा नयाँ कार्यसमिती गठन गरिएको हो ।
श्यामराज बीकको अध्यक्षतामा गठन गरिएको नयाँ कार्यसमितीको उपाध्यक्षमा रमेश क्षितिज, सचिवमा रबी अधिकारी, कोषाध्यक्षमा श्यामसुन्दर गिरी, सह सचिवमा सागर ढुंगाना चयन भएका छन् । यस्तै सदस्यहरुमा ज्ञानेन्द्र तामाङ, संजित क्षेत्री, संदिप भट्ट, सुदन नेपाली छन् ।
चितवनको नारायणगढमा आयोजना गरिएको एक कार्यक्रममा केन्द्रबाट गएको टोलीले नव नियुक्त कार्यसमिती सदस्यहरुलाई माला र अबिर लगाएर स्वागत गरेको थियो । कार्यक्रममा बोल्दै केन्दि्रय उपाध्यक्ष प्रदिप निरौलाले संघका विरुद्ध नकारात्मक समाचार बाहिर ल्याउने काम भइरहेकाले यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेका थिए । उनले भने, ‘केही समय देखि असन्तुष्ट साथीहरु संघको बदनामको पछि लागेका छन्, तर कोही पनि यस्तो खालका गलत हल्लाको पछि नलाग्नुहोला । ‘
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.