Widgets

Home » » चलचित्र पत्रकार संघको चितवन शाखा पुर्न गठन, उपाध्यक्ष भन्छन्, ‘संघ विरुद्ध गलत प्रचार’

चलचित्र पत्रकार संघको चितवन शाखा पुर्न गठन, उपाध्यक्ष भन्छन्, ‘संघ विरुद्ध गलत प्रचार’

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अन्तत विभिन्न खालका गलत हल्लाहरु बाहिरिरहेको समयमा चलचित्र पत्रकार संघ चितवन शाखामा नयाँ कार्यसमिती चयन गरिएको छ । चलचित्र पत्रकार संघका केन्दि्रय उपाध्यक्ष प्रदिप निरौला, कोषाध्यक्ष सुमन दाहाल र सदस्य कुबेर गिरीको बिशेष उपस्थितीमा संघमा नयाँ कार्यसमिती गठन गरिएको हो ।श्यामराज बीकको अध्यक्षतामा गठन गरिएको नयाँ कार्यसमितीको उपाध्यक्षमा रमेश क्षितिज, सचिवमा रबी अधिकारी, कोषाध्यक्षमा श्यामसुन्दर गिरी, सह सचिवमा सागर ढुंगाना चयन भएका छन् । यस्तै सदस्यहरुमा ज्ञानेन्द्र तामाङ, संजित क्षेत्री, संदिप भट्ट, सुदन नेपाली छन् ।
चितवनको नारायणगढमा आयोजना गरिएको एक कार्यक्रममा केन्द्रबाट गएको टोलीले नव नियुक्त कार्यसमिती सदस्यहरुलाई माला र अबिर लगाएर स्वागत गरेको थियो । कार्यक्रममा बोल्दै केन्दि्रय उपाध्यक्ष प्रदिप निरौलाले संघका विरुद्ध नकारात्मक समाचार बाहिर ल्याउने काम भइरहेकाले यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेका थिए । उनले भने, ‘केही समय देखि असन्तुष्ट साथीहरु संघको बदनामको पछि लागेका छन्, तर कोही पनि यस्तो खालका गलत हल्लाको पछि नलाग्नुहोला । ‘

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger