भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सर्लाही, असार २४ - विद्युत्भार कटौती तालिकाबाहेक जिल्लामा भइरहेको थप विद्युत् कटौतीका विरोधमा उत्रिएको सङ्घर्ष समितिले आज बिहान पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेको छ । लालबन्दीमा रहेको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय अगाडि बिहान केहीबेर चक्काजाम गरिँदा केहीबेर लामो तथा छोटो दूरीका सवारीसाधन लालबन्दीमै रोकिएका थिए । “सर्लाहीवासीलाई चोरको बिल्लाबाट मुक्त गर, जिल्लामा भइरहेको थप लोडसेडिङ बन्द गर” भन्दै चरणबद्ध आन्दोलन सुरु गरेको समितिले आज बिहान ९ बजेदेखि १० बजेसम्मका लागि चक्काजाम घोषणा गरेको थियो । समस्या समाधानका लागि वार्तामा आउन जिल्ला प्रशासन कार्यालयले बोलाएकाले साङ्केतिक रुपमा मात्रै विरोध जनाइएको समितिका संयोजक मेघराज फुयाँलले बताए । विद्युत् चोरी नियन्त्रण गर्ने दायित्व प्राधिकरणको भए पनि आफ्नो जिम्मेवारी र दायित्व पूरा नगरी सर्वसाधरणलाई दुई घन्टा थप विद्युत् कटौती गरेर मारमा पारिएको भन्दै सर्लाहीवासी विरोधमा उत्रिएका छन् । अत्याधिक विद्युत् चोरी हुने जिल्ला भन्दै सर्लाहीमा तालिकाबाहेक थप दुई घन्टा र बिनासूचना अनियमित रुपमा विद्युत् कटौती हुँदै आइरहेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.