भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, असार २४ - अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफूले चुनावपछि आउने निर्वाचित सरकारलाई सहजै स्वीकार्य हुने बजेट बनाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले गरेको पत्रकार प्रशिक्षण कार्यक्रममा मन्त्री कोइरालाले विवादमा आउने खालको बजेट नल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् । एक वर्षमा तीनपल्ट बजेट आउादा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताउँदै उनले आंशिक, पूर्ण या चुनावी नभनी एक वर्षका लागि मुलुकको आय व्यय प्रस्तुत गर्न लागेको बताए । संविधानको तेस्रो संशोधनलाई आधार बनाएर बजेट आउने बताउादै अर्थमन्त्री कोइरालाले भने,'बजेट आएलगत्तै सरकारको ध्यान पूर्णतः चुनावमा केन्दि्रत हुनेछ ।' समाजका अध्यक्ष प्रदीप चापागाईं, उपाध्यक्ष गोकर्ण अवस्थी र महासचिव विज्ञान अधिकारीले तालिमको सान्दर्भिकताका विषयमा बोलेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.