Widgets

Home » » बैद्यकै नेतृत्वमा माओवादी वार्ता टोली 'कुनै हालतमा चुनाव हुन दिन्नौँ

बैद्यकै नेतृत्वमा माओवादी वार्ता टोली 'कुनै हालतमा चुनाव हुन दिन्नौँ

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Mohan Baidya
काठमाडौ, असार २४ - सरकारसँग वार्ताको लागि भन्दै नेकपा-माओवादीले वार्ता टोली गठन गरेको छ । अध्यक्ष मोहन बैद्यको संयोजकत्वमा गठित टोली ५ सदस्यीय छ । टोलीमा पार्टी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रबिक्रम चन्द छन् । सरकार संचालनको संयन्त्रमा रहेका चार राजनीतिक दल गोलमेच सम्मेलन गर्ने, समानुपातिकको अनुपात बढाउन सकिनेलगायतका मागमा सकरात्मक भएपछि माओवादीले बार्ताको लागि टोली बनाएको हो । यसअघि माओवादीले वाधाअड्काउ फुकाउको खारेजी, सरकारको खारेजी र तोकिएको चनावको मिति रद्द गर्नुपर्ने माग गर्दै बार्तामा बस्न मानेको थिएन । सुरुमा उपेन्द्र यादव र संघीय समाजवादी पार्टीको पनि समर्थन रहेपनि पछि बैद्यलाई उनीहरुले छाडेका थिए । पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष तथा वार्ता टोली संयोजक बैद्यले आफ्नो पार्टीले लचकता अपनाउँदै सरकार र चार दलीय संयन्त्रसँग वार्ता टोली गठन गरेको बताए । उनले यो सरकारले मंसिर ४ गतेको लागि घोषणा गरेको निर्वाचन कुनै हालतमा पनि हुन नदिने दाबी गरे । 'हामी लचकता अपनाएर वार्ता टोली गठन गरेका छौं', बैद्यले भने,'तर, यो सरकारले मंसिर ४ गतेको लागि तोकेको चुनाव कुनै हालतमा हुन दिन्नौं ।' उनले वार्ता निशर्त हुनुपर्ने बताए । उनले खिलराज रेग्मी नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ अध्यादेश खारेज हुनुपर्ने अडान नछाड्ने बताए । 'हामीले लचकता अपनाउँदा पनि चुनाव गर्न खोजिए संघर्षको आगो बाल्छौं', बैद्यले भने । नेकपा-माओवादीलाई वार्ताको लागि आव्हान गर्दै चार दलीय संयन्त्रले हदैसम्मको लचकता अपनाउने निर्णय गरिरहेको छ । संयन्त्रको शनिबारको बैठकले उच्चस्तरीय राजनीति समितिको पुर्नगठन, सर्वदलीय सम्मेलन, समानुपातिक अनुपात बृद्धि, मन्त्रिपरिषद् बिस्तारजस्ता मागमा सहमति जनाउने निर्णय गरेको छ । तर, नेकपा-माओवादीले रेग्मी सरकार बिघटन हुनुपर्ने माग राख्दै आएको छ । तत्कालीन प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठनका लागि जारी गरिएको अध्यादेशप्रति पनि उसको आपत्ती छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger