Widgets

Home » » ट्राभलका नाममा म्यानपावर धन्दा चलाई अर्बौ कमाउनेहरु जेलको हावा खाँदै

ट्राभलका नाममा म्यानपावर धन्दा चलाई अर्बौ कमाउनेहरु जेलको हावा खाँदै

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, काठमाण्डौ । नेपालमा खुवै फष्टाएको धन्दाका रुपमा चिनिएको म्यानपावर ब्यबसायबाट अबैध रुपमा अरबौं रुपैयाँ कमाउने म्यानपावर संचालकहरु प्रहरीको फन्दामा परेका छन् । ४० हजार बढि नेपालीलाई बिदेश पठाएर अरबौं कमाउने करिव एक जर्दन म्यानपावर र ट्राभल ब्यबसायीहरु अहिले १५ बर्षसम्म जेल सजायँको पखाईमा छन् । अन्तराष्ट्रिय बिमानस्थल प्रवेशद्वार नजिकै रहेको किंग अकवर ट्राभलले गैरकानुनीरुपले ४० हजार महिलालाई बिदेश पठाएको आरोपमा यसका संचालक कारवाहीमा परेका छन् । ट्राभल एजेन्सी खोलेर म्यानपावर धन्दा गर्दै आएका यसका संचालकले हरेक महिलासँग कम्तीमा डेढ लाख र बढिमा अढाई लाख लिएर खाडी मुलुक पठाएको प्रमाण केन्द्रीय अनुसन्धान ब्युरोले भेट्टाएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ । ट्राभलले म्यानपावरमार्फत् राजश्व ठगी गर्नुका साथै अपरदर्शीरुपले बिदेशिने नेपालीसँग लाखौं लिएको देखिएकाले प्रतिब्यक्ति कम्तीमा पनि एक लाख नाफा लिएको हुनसक्ने ब्युरो श्रोतले जनाएको छ । यस हिसावले हेर्ने हो ४० हजार नेपालीलाई बिदेश पठाउँदा किङ अकवरले ४ अर्ब रुपैयाँ नाफामात्रै कमाएको छ । अहिले यसका संचालक केन्द्रीय अनुसन्धान ब्युरो र बैदेशिक रोजगार बिभागको कारवाही प्रकृयामा छन । संचालक बिनोद केसी कमाएको पैसाबाट जस्तोसुकै पाप पखाल्न सकिने बिश्वासमा देखिन्छन् । यसैगरी न्यू वल्र्ड म्यानपावरका पुष्प केटी बेचबिखनको उजुरी परेपछि भर्खरै हिरासतबाट १५ दिनको लागि तारेखमा छुटेका छन् । उनी दिनको एक लाख बेहोर्ने गरी १५ दिने तारेखमा बाहिरिएको ब्युरो स्रोतको दावी छ । उता २० हजार भन्दा बढि नेपालीलाई बिदेश पठाइसकेको सप्तकोसी म्यानपवारका भण्डारी थरका संचालकले नेपाली युवतीलाई ओमान पुर्‍याई बेश्याबृत्तिमा लगाएको उजुरी परेको छ । भण्डारी बिदेशतिरै बरालिएपछि सप्तकोसीकै लिम्बु थरका अर्का संचालक प्रहरी खोरमा लामखुट्टेसँग जुधिरहेका छन् । यसका साथै फेलिसिटी ट्राभल, एयर हिमालय ट्राभल, एनसिएफ म्यानपावर, सत्यम म्यानपावरका संचालक पनि कारवाही प्रकृयामा रहेका छन् । फेलिसिटी र एयर हिमालयले ट्राभल एजवेन्सीका नाममा हजारौंलाई इराक पुर्‍याएको छ । न्यू वल्र्ड म्यानपावरका पुष्प र सत्यमका संचालकविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा केटी बेचबिखन, राजश्व छली र बिभागका कागजपत्र, छाप र हस्ताक्षर नक्कली बनाएको अभियोगमा मुद्दा चलिरहेको छ । सागर म्यानपावरले भने बैदेशिक रोजगार बिभागबाट पूर्व र अन्तिम स्वीकृति नलिइ हजारौं मानिसलाई बिदेश उडाएर करोडजति राजश्व ठगेको र कानुन उल्लंघन गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger