Widgets

Home » » बलात्कारको जाहेरी दिने युवतीलाई कालोमोसो र जुत्ताको माला

बलात्कारको जाहेरी दिने युवतीलाई कालोमोसो र जुत्ताको माला

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, मोरङ । बलात्कार प्रयासको उजुरी गरेपछि आक्रोशित गाउँलेले यहाँकी एक दलित युवती र उनको पक्षमा बोल्ने अगुवा पुरुषलाई कुटपिट गर्दै कालो मोसो दली जुत्ताको माला लगाइदिएका छन् । मोरङ बेलाबारीकी २३ बर्षकी युवती र सोही ठाउँका ३० बर्षका दलित अगुवालाई पीडक पक्ष र गाउँले मिलेर यातना दिएका हुन् । पति वैदेशिक रोगारीमा गएकाले बेलबारीमा एक्लै बस्दै आएकी ती युवतीले घर र्फकने क्रममा गत शनिबार साँझ आफूलाई स्थानीय जीवन भेटवालले बलात्कार गर्न खोजेको बताएकी थिइन् । उक्त घटनाबारे उनले छिमेकी दलित अगुवा मनोज विश्वकर्मालाई सुनाएकी थिइन् । ‘मैले प्रहरीमा उजुरी गर्ने सल्लाह दिएको हुँ,’ विश्वकर्माले भने । राति साढे ८ बजे प्रहरीले जीवनलाई पक्राउ गरी ल्याएको थियो । तर पछि बलात्कार गर्न खोजेको पुष्टि नभएको भन्दै छाडिएको थियो । त्यसै विषयलाई दिएर ‘दलितले आफूहरुलाई झुटो आरोप लगाएको’ र सामाजिक बेइजजती गरेको भन्दै पीडक पक्ष र गाउँलेले सोमबार बिहान स्थानीय अन्नपूर्ण विद्यालयमा सभा बोलाएका थिए । छलफलका लागि बोलाइएकाले त्यहाँ पुगेकी पीडित युवतीलाई उनीहरुले कुटपिट गर्नुका साथै कालो मोसो दली जुत्ताको मालासमेत लगाएका हुन् । सभामा करिब डेढ सयको उपस्थिति रहेको मनोजका दाजु अनिलले बताएको कान्तिपुर दैनिकमा खबर छ । महिलालाई यातना दिएपछि सहयोग गरेको भन्दै उनीहरु दलित अगुवा मनोजका घरमै गएर उनीमाथि पनि अमानवीय व्यवहार गरेका थिए । ‘पुरै गाउँका अगाडी मेरो भाइ र उनलाई कुटपिट गर्दै कालोमोसो दलेर जुत्ताको माला लगाए पनि कसैले केही भनेनन’ अनिलले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger