Widgets

Home » » प्रहरीको ६ हजार पदमा ३० हजार आवेदन, छनौट लोकसेवाले गर्ने

प्रहरीको ६ हजार पदमा ३० हजार आवेदन, छनौट लोकसेवाले गर्ने

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
nepal police९ साउन, काठमाण्डौं । प्रहरी निरीषक र प्रहरी जवानका लागि प्रहरी प्रधान कार्यालयले मागेको आवेदनमा चार गुणा बढी आवेदन परेको छ । ६ हजार २ सय ९४ जनाले आवेदन दिएका छन् ।
सरकारले हालै स्वीकृत गरेको दरबन्दी पूरा गर्न एक महिनाको समय तोकेर प्रहरी प्रधान कार्यालयले एक सय ३८ प्रहरी निरीक्षकसहित ६ हजार २ सय पदका लागि आवेदन मागेको थियो । प्रधान कार्यालय र पाँच वटै क्षेत्रमा लिइएको आवेदन सोमबार बन्द हुँदा ३३ हजार ६ सय ८ जनाको आवेदन परेको छ ।
असार ६ गते खुला भएको आवेदन साउन ४ गते सकिएको थियो । प्रहरी निरीषकमा खुला ७६ र समावेशीतर्फ आदिवासी जनजाति २०, मधेसी १७, महिला १३, दलित ९ र पिछडिएको क्षेत्र ३ जनाको लागि आवेदन मागिएको थियो । १ सय ३८ जना प्रहरी निरीक्षकका लागि ३ हजार ३ सय १४ जनाको आवदेन परेको कान्तिपुर दैनिकमा खबर छ ।
पारदर्शी बनाउन लोकसेवा
प्रहरीमा भर्ना खुलेसँगै सहजै भर्ना गराइदिन्छु भन्दै रकम उठाएर ठगी गर्ने समूह र आफ्ना व्यक्तिलाई परीषामा उर्त्तीण गराउन दबाब दिनेक्रम ह्वात्तै बढ्छ । प्रहरीमा भर्नाको प्रलोभन देखाएर ठगी गर्नेमा बिचौलिया, दलका नेता र पूर्व प्रहरीसमेत पक्राउ पर्ने गरेका छन् ।
एकसाता अगाडीमात्रै प्रहरीमा भर्ना भएको नक्कली नियुक्तिपत्र बोकेर कामका लागि प्रधानकार्यालय पुगेकी एक महिलाले दिएको सूचनाको आधारमा एक पूर्व प्रहरी कर्मचारी पक्राउ परेका थिए ।
एसएसपी सिलवाल प्रहरी निरीक्षक र प्रहरी जवान सबै परीक्षामा लोकसेवा आयोगका प्रतिनिधि संलग्न हुने भएकाले दबाब र प्रलोभनको भरमा छनोट हुने सम्भावनै नरहेको दाबी गर्छन । ‘अब पारदर्शी भर्ना प्रक्रिया सुरु गर्न लागेका छौं,’ उनले भने । लिखित र मौखिकसँगै यसपालिबाट स्वास्थ्य परीक्षणमा समेत लोकसेवाका प्रतिनिधि संलग्न हुने उनले जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger