Widgets

Home » » साँगाको महादेव मुर्ति जान केबलकार बन्ने

साँगाको महादेव मुर्ति जान केबलकार बन्ने

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, काठमाण्डौं । मासिक करिब एक लाखले घुम्ने अनुमान गरिएको भक्तपुर साँगाको महादेव मुर्तिसम्म जान केबलकार बन्ने भएको छ । यसका लागि दुई निजी कम्पनीले उद्योग विभागमा प्रस्ताव हालेका छन् ।
शिवदर्शन केवलकार र कैलाशनाथ महादेव केवलकारले छुट्टाछुट्टै प्रस्ताव विभागमा पेस गरेका हुन् । ‘त्यसमध्ये कैलाशनाथ महादेव केबलकार प्रालिले विदेशी लगानीको स्वीकृति पाइसकेको छ,’ विभागका एक अधिकारीले भने ।sanga-siva
महादेवको मन्दिर निर्माणकर्ता कमल जैनको नाममा विभागले विदेशी लगानीको स्वीकृति दिएको हो ।
महादेव मन्दिर निर्माण गर्ने जैन र नजिकै फन पार्क सञ्चालक भरत गिरीको संयुक्त लगानीमा केबलकार निर्माण गर्ने तयारी गरेका हुन् । प्रस्तावअनुसार दुबैको लगानी ५०-५० प्रतिशत हुनेछ । उक्त कम्पनीले ६ करोड रुपैयाँमा केबलकार निर्माण गर्न प्रस्ताव पेस गरेको हो । अर्को प्रस्ताव भक्तपुरका स्थानीय विश्वराम खत्री र केसम राउतले गरेको कान्तिपुर दैनिकमा खबर छ ।
उनीहरुले पनि शिवदर्शन केबलकार प्राली दर्ता गरी मन्दिरसम्म जानकै लागि विभागमा गत असारमा अनुमति माग गरेका हुन् । उनीहरुले भने ६ करोड १४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने जनाएको छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger