Widgets

Home » » थाइल्यान्डमा नेपाली धम्क्याउनेलाई कारबाही हुने

थाइल्यान्डमा नेपाली धम्क्याउनेलाई कारबाही हुने

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, काठमाण्डौं । नेपाल प्रहरीको मान्छे भन्दै थाइल्यान्डको राजधानी बैंककमा रहेका नेपालीलाई विभिन्न प्रकारका धम्की दिँदै आएका नेपाली नागरिक पवन गुरुङलाई कारबाही गर्न थाइल्यान्डमा बस्दै आएका नेपालीले माग गरेका छन् । नेपाल प्रहरीमा अनियमितता गरेको आरोपमा जागिरबाट बर्खास्तीमा परेका गुरुङलाई नेपाल प्रहरीले खोजीको सूचीमा राखेको छ । विभिन्न आपराधिक गिरोहसँग मिलेर काम गरेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले गुरुङ विरुद्ध कारबाही अगाडी बढाउन महानगरीय प्रहरी परिसर काठमाण्डौंलाई निर्देशन दिएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बैंकक भागेका गुरुङ त्यहाँ पनि विभिन्न खाले आपराधिक क्रियाकलापमा संलग्न भएपछि भागेर चीन पुगेको नेपाल समाचारपत्रमा खबर छ । अन्तर्राष्ट्रिय गिरोहको सम्पर्कमा पुगेका गुरुङले चीनमा बसेर विभिन्न प्रकारका गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशंकामा चीन प्रहरीले खोजी गर्न थालेपछि गुरुङ पुनः थाइल्यान्ड आएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger