Widgets

Home » » नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरको निधन

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरको निधन

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
९ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको निधन भएको छ । उहाँको काठमाण्डौं मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
एकीकृत नेकपा माओवादीका सल्लाहकार रहनुभएका कर्माचार्यको पार्थिव शरिरलाई श्रद्धाञ्जलिका लागि अहिले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा राखिएको छ । उहाँको पार्थिव शरीरलार्इ दिउँसो खुल्लामञ्चमा राखेर अन्तिम श्रद्धाञ्जली दिइने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
narbadhur
६४ वर्षअघि कर्माचार्य सहित ४ जना नेताहरुले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा सन १८७० अपि्रल २२ मा पुष्पलाल श्रेष्ठको संयोजकत्वमा कम्युनिष्ट पार्टी स्थापना हुँदा कर्माचार्य सबैभन्दा कान्छा सदस्य हुनुहुन्थ्यो  ।
अविहित कमाचार्य भाइहरुसँगै ललितपुरको बंगलामुखीमा रहेको आफ्नै घरमा बस्दै आउनुभएको थियो । कम्युनिष्ट पार्टीको स्थापना गरेको भए पनि पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीको गतिबिधिबाट भने आफू असन्तुष्ट रहेको प्रतिक्रिया कर्माचार्यको थियो । उहाँले नेपालका सबै कम्युनिष्टहरु एकजुट भएको हेर्ने आफ्नो अन्तिम इच्छा रहेको बताउनुहुन्थ्यो ।
narbadhur-2
तस्वीरः प्रकाश दाहालको फेसबुकबाट

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger