Widgets

Home » , » यस्तो छ एमाओवादीको कार्यविभाजन (नामावलीसहित) बालकृष्ण ढुंगेल तेह्रथुममा, वर्षमान पुन मोरंगमा

यस्तो छ एमाओवादीको कार्यविभाजन (नामावलीसहित) बालकृष्ण ढुंगेल तेह्रथुममा, वर्षमान पुन मोरंगमा

Written By sangalo on Monday, July 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
७ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीले शीर्षनेता बाहेक सम्पूर्ण केन्द्रीय सदस्य एवं सल्लाहकारलाई २ सय ४० निर्वाचन क्षेत्रमा एक महिनाका लागि खटाएको छ । एउटा जिल्लाको नेतालाई छिमेकी जिल्लामा खटाइए पनि केहीलाई भने निकै टाढाको जिम्मेवारी दिइएको छ ।
एमाओवादी केन्द्रीय सदस्य बालकृष्ण ढुंगेलको जिम्मेवारी वूर्वी नेपालको तेह्रथुम जिल्लामा परेको छ । त्यस्तै पूर्वअर्थमन्त्री वर्षमान पुनको जिम्मेवारी मोरंगको क्षेत्र नं ७ मा परेको छ । एमालेबाट प्रवेश गरेका रामचन्द्र झालाई बारा क्षेत्र नं ३ मा खटाइएको छ भने लक्की शेर्पालाई बारा-४ मा खटाइएको छ ।
त्यस्तै हिमाल शर्मा मकवानपुर-२, दीनानाथ शर्मा पर्सा-१, खिमलाल देवकोटा सिन्धुपाल्चोक-१ र हिसिला यमीलाई काभ्रे क्षेत्र नं ३ मा खटाइएको छ । झक्कु सुवेदीलाई धादिङ- ३ र शालिकराम जमर कट्टेललाई नुवाकोट ३ मा खटाइएको छ ।
काठमाडौं क्षेत्र नं १ मा केशव नेपाल र हरिगोविन्द लुईटेल खटिएका छन् भने क्षेत्र नं २ अग्नि सापकोटालाई जिम्मेवारी दिइएको छ । ललितपुरमा सूर्यमान दोङ, देवी खड्का र हितकाजी तामाङ खटिएका छन् । उपत्यकामा एक केन्द्रीय सदस्यका साथमा सल्लाहकारलाई समेत खटाइएको छ ।
केन्द्रीय कार्यालयका हितराज पाण्डेलाई भोजपुर- १ मा पठाइएको छ । झापाकी धर्मशीला चापागाईलाई खोटाङ र मोरंगका गोपी अछामीलाई सोलुखुम्बु पठाइएको छ । त्यस्तै गोपाल किरातीलाई उदयपुर र शक्तिबहादुर बस्नेतलाई सुनसरीमा खटाइएको छ । मोरंगका शिवकुमार मण्डललाई धनकुटा २ मा खटाइएको छ । हेमन्तप्रकाश ओली झापामा खटिएका छन् ।
कार्यविभाजन
seti
Tharu
Magrat
tamu
AABad
mithi
tamsaling
newa
kiratkochilalimbu
bhojpura

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger