Widgets

Home » , » परिवारका ११ सदस्यसहित पूर्वराजा सुदूरपश्चिम बाढीपीडितलाई राहत बाँड्ने कार्यक्रम

परिवारका ११ सदस्यसहित पूर्वराजा सुदूरपश्चिम बाढीपीडितलाई राहत बाँड्ने कार्यक्रम

Written By sangalo on Monday, July 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Gyanendra

धनगढी, श्रावण ७ - परिवारका ११ सदस्यसहित पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम आएका छन् । उनी साता दिन यहाँ बस्ने जनाइएको छ । सुदूरपश्चिमका बाढीपिडितलाई राहत वितरण गर्न सोमवार बुद्ध एयरको नियमित फ्लाइटबाट ज्ञानेन्द्र, पत्नी कोमल, छोरी प्रेरणा र अन्य ९ जना परिवारका सदस्य लिएर धनगढी आएका हुन् । पूर्वयुवराज्ञी हिमानी र छोरा हिरेन्द्र आइतबार नै धनगढी आइपुगेका छन् । स्वागतका लागि पूर्व युवराज्ञी हिमानी छोरालाई लिएर गेटा विमानस्थल पुगेकी थिइन् । पूर्व राजपरिवारको स्वागत गर्न उनका समर्थकहरु बिमानस्थल पुगेका थिए । विमान्स्थलमा ज्ञानेन्द्र होटल रुवस सम्मको एक किलोमिटर दुरी पैदल तय गरेका थिए । पूर्वराजपरिवार सवारी व्यवस्था समितिका सचिव छत्र शाहीले पूर्व राजपरिवारको धनगढी बसाई एक साता भन्दा लामो रहने बताएका छन् । उनका अनुसार हिमानी ट्रस्ट कोषको २५ लाख र कोषमा संकलन भएको थप २५ लाख गरि ५० लाख बरावरको राहात दार्चुला, कैलाली र कञ्चनपुरका बाढीपिडितलाई वितरण गर्ने कार्यक्रम छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger