Widgets

Home » , » सञ्जय साहले फोरम लोकतान्त्रिक छाडे

सञ्जय साहले फोरम लोकतान्त्रिक छाडे

Written By sangalo on Monday, July 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sanjay sah

काठमाडौ, श्रावण ७ - पूर्व राज्यमन्त्री एंव सभासद सञ्जय साहले मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)को साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । उनी फोरम(लोकतान्त्रिक) गठन भएदेखि पार्टीको संस्थापक केन्द्रीय सदस्य थिए । उनले पार्टी र पार्टी अध्यक्ष विजय गच्छदारको गतिविधी मधेस बिरोधी भएको आरोप लगाउँदै पार्टी छाडेका हुन् । सोमबार पार्टी अध्यक्ष गच्छदारलाई उनले राजीनामा पठएका छन् । केही अगाडि पनि पार्टीबाट असन्तुष्ट रहेर उनले मधेस क्रान्ति फोरम नामक संस्था खोलेर पार्टीबाट टाडिएका थिए । पछिल्लो समय पुनः पार्टीमा फर्केका साहको सहयकार्य गच्छदारसँग फेरि पनि धेरै दिन हुन सकेन । ‘अध्यक्ष विजय गच्छदारले पार्टी र आफूलाई मधेस विरोधी गतिविधीमा संलग्न गराउनु भएकोले त्यहाँ बस्न सक्ने अवस्था रहेन,’ साहले ईकान्तिपुरसँग भने ‘आगामी राजनीतिक योजना थप छलफलपछि तय गर्नेछु ।’ गत संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट उनी धनुषा क्षेत्र न.४ बाट निर्वाचित भएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger