Widgets

Home » , » गगन थापालाई वेलायतमा कालो झन्डा

गगन थापालाई वेलायतमा कालो झन्डा

Written By sangalo on Monday, July 22, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
लण्डन — नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयताका बारेमा राजनीतिक दलहरुबीच साझा धारणा बनाउन सकिने बताएका छन्। गैरआवासीय नेपाली संघ युकेले आइतबार रेडिङमा आयोजना गरेको च्यारिटी कार्यक्रममा थापाले पहिचानलाई मुख्य आधार बनाएर संघीयतामा जान सकिने बताए। 'नेपाली समाजमा उठेको पहिचानसहितको संघीयतका बिषयमा ठूलो मतान्तर देखिएको छैन', थापाले भने- 'संघीयतासम्बन्धी विवाद समाधान नै गर्न नसकिने भने होइन।' पहिचान, प्रतिनिधित्व, पहुँच, प्रगति र प्रेम (पाँच 'प') जस्ता कुरालाई प्राथामिकतामा राखेर संघीयतासम्बन्धी विवाद समाधान गर्न सकिने उनले बताए। 'संघीयतको मुद्दामा नेपाली कांग्रेस सबै पक्षसँग छलफल गरेर अघि बढ्न तयार छ, थापाले भने- 'कांग्रेसलाई लागेको संघीयताविरोधी आरोप गलत छ।' कार्यक्रममा थापाले बोल्न सुरु गर्दा आदिवासी जनजातिको एउटा समूहले कालो झण्डा देखाएर विरोध गरेको थियो। उनीहरुले थापालाई संघीयता विरोधी नेताको आरोप लगाउँदै कार्यक्रमस्थलमै विरोध प्रदर्शन गरेका थिए। संविधानसभाको निर्वाचन नजिकै गर्दा दलहरु आ-आफ्नो घोषणापत्र निर्माणमा जुटेकाले सबै दलका घोषणापत्रमा गैरआवासीय नेपाली संघमा मागलाई समेत समेट्न दबाब दिनुपर्ने उल्लेख गरे। उनले एक पटकको नेपाली सधैंको नेपाली भन्ने आफ्नो स्पष्ट मान्यता रहेको बताउदै उच्च प्रविधि र विकास भएका ठाउँमा नेपाली पुग्नु राष्ट्रकै गौरव भएकाले यसलाई अवसरको रुपमा लिएर राष्ट्रलाई प्रगतितर्फ लैजान मद्दत पुग्ने नेता थापले उल्लेख गरे। कार्यक्रममा बेलायती संसद सदस्य वीरेन्द्र शर्माले नेपाली समुदायका जुनसुकै मुद्दामा आफु सहयोग गर्न तयार रहेको बताउदै नेपाली समुदायले बेलायती समाजमा खेलेको भूमिकाप्रति गर्व गरे। कार्यक्रममा प्राध्यापक सूर्य सुवेदी, बेलायतका लागि कार्यबाहक राजदूत, तेजबहादुर क्षेत्री, गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष, हितमान गुरुङ, एनआरएन युके अध्यक्ष कुल आचार्यलगायतले बोलेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger