Widgets

Home » » तिब्बती शरणार्थीको निगरानी गर्न सादा पोसाकका प्रहरी, धार्मिक क्षेत्रमा बढि निगरानी

तिब्बती शरणार्थीको निगरानी गर्न सादा पोसाकका प्रहरी, धार्मिक क्षेत्रमा बढि निगरानी

Written By sangalo on Monday, July 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ असार, काठमाण्डौं । तिब्बती शरणार्थी रहेका मुलुकभरका १८ ओटै क्याम्पमा प्रहरीले उच्च सुरक्षा सर्तकतासहित सूचना संकलनका लागि सादा पोसाकका प्रहरी परिचालन गरेको छ । भारतको बोधगयामा भएको शृंखलाबद्ध आतंककारी आक्रमणपछि नेपालमा रहेका बौद्ध स्तुपा, गुम्बा तथा तिब्बती क्याम्पहरूमा सुरक्षा सतर्कता बढाइएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालका अनुसार नेपालमा रहेका १३ हजार ६ सय ६८ तिब्बती बसेका सबै क्याम्पमा निगरानी बढाइएको छ । तिब्बती शरणार्थीले नेपालमा पनि गतिविधि बढाउने र अप्रिय घटना घटाउन सक्ने भन्दै सुरक्षा सतर्कता बढाई सादा पोसाकका प्रहरी परिचालन गरिएको हो । । ‘विदेशी प्रभाव नेपालमा पर्न सक्छ, आतंककारीहरूले जहाँ पनि हमला गर्न सक्छन्, धार्मिक संस्थाहरूमा तारो बनाउँदै लगेका छन्, त्यसकारण प्रहरीले सबैजसो धार्मिक संस्थाहरूमा निगरानी बढाउँदै लगेको छ,’ डीआईजी सिलवालले भने । धार्मिक सद्भाव कायमै रहनुपर्छ, जुनुसुकै धार्मिक स्थलमा पनि आक्रमण गर्नुहुँदैन भन्ने आममान्यतामा सुरक्षा निकाय सजग रहेको जानकारी पनि प्रहरी प्रवक्ता सिलवालले दिए । प्रहरीले बौद्ध धर्मसँग सम्बन्धित स्थलमा मात्रै होइन, हिन्दूहरूको मन्दिर तथा मुस्लिम समुदायको मस्जिदमा समेत सुरक्षा सतर्कता अपनाएको बताएको छ । बोधगयामा भएको आतंककारी हमलापछि विशेषगरी लुम्बिनी, स्वयम्भूनाथ, पाटनस्थित गोल्डेन स्तुपा, बौद्धको गुम्बामा पनि प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ । तिब्बतीहरूको क्याम्पमा पनि आक्रमण हुन सक्ने खतरा रहेको भन्दै उनीहरूको गतिविधि निगरानी र सुरक्षा दुवै एकसाथ हुने निष्कर्षसहित प्रहरीले क्याम्पतर्फ सतर्कता बढाएको हो । तिब्बती शरणार्थीहरूले दलाई लामाको जन्मदिनलाई लक्षित गरेर नेपालमा चीनविरोधी गतिविधि गर्ने सम्भावनासमेत बढेको अवस्थामा प्रहरीले उनीहरूको गतिविधिलाई पनि निगरानीमा राखेको थियो । तर, त्यस दिन खासै गतिविधि नभएपछि प्रहरीले पछिल्लो समयमा तिब्बती शरणाथीहरूको गतिविधि कम भएको मूल्यांकनसहित क्याम्पलाई सामान्य निगरानी मात्रै गरेको थियो । भारतको बोधगयामा भएको विस्फोटनपछि मातहत निकायलाई एकै पटक सुरक्षाकर्मी बढाउन निर्देशन दिएको थियो । महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबोध घिमिरेले आइतबार रातिबाटै क्याम्पहरूमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइएको बताएको राजधानी दैनिकमा खबर छ । ‘कहिलेकाहीं आतंकारीहरूको असर यता पनि पर्न सक्छ, त्यसकारण हामीले सबै धार्मिक स्थल र तिब्बतीयन क्याम्पमा समेत सुरक्षा सतर्कता बढाएका छौं,’ एसएसपी घिमिरेले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger